पोखरामा छोरीलाई स्कुल बस चढाएकी पौडेलको सोही बसले ठक्कर दिँदा ज्यान गयो

दीननाथ बराल , पोखरा न्यूज-०८ पुष । स्कुल बसको ठक्करले पोखरामा एक अभिभावकको मृत्यु भएको छ ।

पोखरा १७ पार्दी स्थित बालोदय बोर्डिङ स्कुलको बसले  विद्यालयमा अध्यनरत बिद्यार्थीका अभिभावक पर्वत कुश्मा घर भई हाल पोखरा बस्दै आएकी २६ बर्षीया सरिता पौडेल (सुवेदी) लाई पार्दीमा ठक्कर दिँदा उनको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई मंगलबार बिहान स्कुल बसमा चढाउन आएकी पौडेलले छोरीलाई बसमा चढाएसंगै ढोकामा  चिप्लेर लड्न पुग्दा ग१ख २४९९ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट अभिभावक पौडेलको घटनास्थल मै  मुत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका  सहायक प्रहरी निरीक्षक  बाबुराम केसीले  पोखरा न्यूजलाई जानकारी दिए  ।

स्कुल बस चालक धरान सुनसरीका  रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा  अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. गैर जिम्मेवार चालकलाई २० वर्ष कैद मृतकका परिवारलाई ३५ लाख क्षतिपूर्ति होसं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button