पर्वतमा सहायक प्रहरी निरिक्षक केसीले गरे विद्यालयलाई सहयोग

दीननाथ बराल, पोखरा न्यूज-०८ पुष । पर्वतको कुश्मा  नगरपालिका स्थित भगवती प्राविका पूर्व विद्यार्थी एवं जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक बाबुराम केसीले शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेका छन्।

विद्यालयको हालै सम्पन्न भएको ३० औं बार्षिकोत्सवको अवसरमा सहायक प्रहरी निरिक्षक केसीले शैक्षिक तथा खेलकुदका करिब १५ हजार मुल्य बराबरका सामाग्रि हस्तान्तरण गरेका हुन्।

विद्यालयका प्रध्यानाध्यापक भानुभक्त सुवेदीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। कुश्मा नगरपालिका-१३ ओकादी निवासी केसीले विद्यालयमा १५ हजारको अक्षयकोष समेत स्थापना गरेकाछन्।

विद्यालयका पूर्व विद्यार्थी हाल नासाको बैज्ञानिक डा. दीपक कार्कीले विद्यालयमा कम्पुटर उपलब्ध गराउन विषेश पहल गर्ने आश्वासन दिएकाछन्। पोखराको प्रतिभा माविका प्रबन्ध निर्देशक बलबहादुर थापाले विद्यालयमा ६५ हजारको अक्षयकोष स्थापना गरेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button