पोखरा सडक महोत्सवमा पर्यटक ठग्नेलाई कारवाही हुने !

पोखरा न्यूज -१०, पुष । अंग्रेजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा शनिबारदेखि संचालन हुने पोखरा सडक महोत्सवमा पर्यटक तथा दर्शक ठग्ने उपर कारवाही हुने भएको छ ।

यस भन्दा अघिल्ला सडक महोत्सवको अवसरमा पर्यटक एवं दर्शक ठगिएको समाचारले धेरैलाई असर परेको भन्दै रेवान पोखराले यस बर्ष देखि ठग्ने उपर कारवाही गर्ने गरी अनुगमन समिति नै गठन गरिएको जनाएको छ ।

महोत्सवका बेला पोखरामा चर्को मुल्य अशुल्नेलाई नेपालको कानुन बमोजिम कारवाही गर्नको लागि आफुहरुले सिफारिस समेत गर्ने महोत्सवका सह-संयोजक नरेश भट्टराईले बिहिबार कोमागाने पार्कमा आयोजित  पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । उनले भने “ हामीले आगन्तुक पाहुनालाई राम्रो आतिथ्यता दिने हो, हाम्रा रेष्टुरेण्ट तथा होटलको मुल्य सुचि ५ दिनको लागि छुट्टै प्रकाशित गरेका हुन्छौं, त्यो मुल्यमा कसैले बढी लिएको उजुरी परेमा पनि हामीले ठगि मुद्धा चलाउनको लागि सिफारिससम्म गर्नेछौं । ”

यस बर्षको २१ औं पोखरा सडक महोत्सवको तयारी पुरा भएको अर्को सहसंयोजक बसन्त गौतमले बताए । पुस १६ गतेसम्म पोखराको लेकसाइड स्थित करिब ३ किलोमिटर सडक क्षेत्रमा चल्ने महोत्सवमा विभिन्न जनजातिका खाना, नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, बेलुका नेपालकै चर्चीत व्याण्डहरुको प्रस्तुती रहने व्यवस्था मिलाएको उनले बताए ।

“सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारा सहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने आफुहरुले तयारी गरेको महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक बिश्वराज पौडेलेले बताए । महोत्सवमा करिब ५ लाख दर्शक भित्राउने लक्ष्य राखिएको उनले जनाए । उनले भने “ सडक महोत्सवको अवसरमा पर्यटक सडकमै नाच्न, गाउन, खान र संगीतमय वातावरणमा झुम्न पाउँछन् ।” नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको अन्तरिक भ्रमण वर्ष २०२० लाई समेत महोत्सवले थप सहयोग पुग्ने उनले बताए ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यस बर्ष पनि महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न जनजातिको कला संस्कृति झल्कने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताए । महोत्सवबाट ८५ लाख आम्दानी र ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ । पोखराका महोत्सव स्थलको सडक क्षेत्रमा सम्बन्धित होटल तथा रेष्टुरेण्ट बाहेक अन्य कुनै पनि व्यवसायीहरुलाई हाल व्यवसाय गर्न नदिएको स्टल संयोजक बिष्णु बानियाले बताए ।

महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम, भारतिय, पाकिस्तान साँस्कृतिक कार्यक्रम, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति हुने भएको छ । ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति हास्य प्रर्दशन, रत्यौलि गित प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । महोत्सव स्थलसम्म जान तथा आउनको रागि यस बर्ष पनि रात्रि कालिन माइक्रो तथा ट्याक्सि सेवा उपलब्ध हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button