तारामण्डल र विज्ञान केन्द्र पोखरामा सिकाईसँगै मनोरञ्जन

राजाराम पौडेल, पोखरा न्यूज -११, पुष । पोखरा तारामण्डल र विज्ञान केन्द्र पोखरा महानगरपालिका वडा नं. १६ मा अवस्थित छ । यो सञ्चालनमा आएको दुई वर्ष भयो । शिक्षामा रिसर्च पर्सन २५ वर्ष काम गरेका मोहदत्त पोखरेले यसलाई सञ्चालनमा ल्याएका हुन् । यहाँ सिकाइसँगै मनोरञ्जन लिने अवसर पाइन्छ । त्यसैकारण केहि सिक्ने, अनि खेल्दै रमाउने उद्धेश्यका साथ मन्टेश्वरी पढ्ने देखि स्कुलमा अध्ययन गर्ने विद्यार्थी पुग्छन् । कलेजमा अध्ययनरत विद्यार्थी, विज्ञानमा रुचि राख्ने, घुम्न मनपराउनेहरु समेत यहाँ पुग्ने गरेका छन् ।

पोखरा लामाचौरचोकबाट ६ मिनेट, बाटुलेचौरबाट ४ मिनेट र चमेरे गुफाबाट २ मिनेटको दुरीमा रहेको यो केन्द्र हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन आउँछन् । ‘यहाँ आउने एउटै एज गुप्रका छैनन्, विद्यार्थी तथा शिक्षक समस्या लिएर समेत आउने गरेका छन्’ सञ्चालक पोखरेलले भने ।

पोखरा तारामण्डल र विज्ञान केन्दमा पुग्दा विभिन्न ठाउँबाट घुम्न पुगेका बालबालिका रमाइरहेको अवस्थामा भेटिए । कोही खेल्दै थिए, कोही अवलोकनमा व्यस्त, केहि तहाँ देखिएकी विभिन्न वस्तु नियाल्दै । फोटो खिचाउने, आफ्ना जिज्ञासा मेटाउन खोज्नेहरु समेत तहाँ देखिए ।

पोखरा काजी पोखरीकी आस्मा बरुवाल कक्षा ६ मा पढ्छिन् । उनी साथीहरुसँग तहाँ पुगेकी थिइन् । उनलाई मिरर हाउस बढी मनपर्यो । दोस्रोचोटी यहाँ आएकी कक्षा ४ मा अध्ययनरत अञ्जिता पौडेल धेरै कुरा सिक्न अनि खेल्न पाइने भएकोले यहाँ आएको बताइन् । यसअघि स्कुलमार्फत यहाँ पुग्दा धित मरुञ्जेल घुम्न, हेर्न नपाएकोले पुनः परिवारको साथमा आएको बताइन् । यहाँ विद्यार्थीहरु सिक्नको लागि आउँछन् । स्कुलहरु पालो–पालो गरेर आउँने र विद्यार्थीका खुल्दुली मेटाएर लैजाने गर्छन् । पोखरा घुम्न आएका बाहिरबाट घुम्न आएकाहरुको रोजाइमा समेत यो पर्न थालेको छ ।

सोलमन तामाङ ३ कक्षामा पढ्छन् । यहाँ अवलोकन गर्न पाउँदा खुशी लागेको उनले बताए । सञ्चिता अर्याल कक्षा ६ मा पढ्छिन् । नयाँ कुरा जान्ने अवसर पाउँदा उत्साह थपेको उनले सुनाइन् । आफ्ना बाबु नानी सहित तहाँ पुगेकी सुमन गुरुङ उनीहरुले केहि कुरा सिक्नुका साथै खेल्दै रमाउन पाएकोमा सन्तुष्ट छन् ।

पोखरा तारामण्डल खगेलविद्या सम्बन्धी ज्ञान बढाउने र रातको आकाशको दृष्यावलोकन गराउने उद्धेश्यका साथ स्थापना भएको हो । यस्तो प्रकारको नेपालमा पहिलो भएको दावी सञ्चालक गर्छन् । यहाँ प्रयोग भएको माथिल्लो उपकरणको सहायताले पृथ्विको कुनै पनि ठाउँ र समयको आकाशको तारामण्डल हेर्न सकिन्छ ।

ब्रम्हाण्ड भित्र गएजस्तो महशुस गराउने यो तारामण्डलको अद्भुत अनुभुति गर्न पाइन्छ । ब्रम्हाण्डको गहिराईमा भर्चुअल यात्रा गरि त्यहाँ भएका मनमोहक दृश्यावलोकन गरी नवीनतम ज्ञान पाउने अवसर प्राप्त विद्यार्थी उत्साहित हुन्छन् । जहाँ समय, आकाश, र आकारको नयाँ अर्थ बुझ्न पाइन्छ । खगोलका सम्पुर्ण विद्यार्थी तथा खगोलमा रुची भएका पाराखीहरु यहाँ पुगेर ज्ञान सिक्दै रमाउँछन् । ९० जना विद्यार्थीसम्मलाई एकैचोटी तारामण्डलको अवलोकन गराउन सकिन्छ ।

यहाँ मिनि विज्ञान केन्द्र छ । यसभित्र विविध प्रकारका उपकरण, सामान र औजारहरु प्रतियोगात्मक र प्रर्दशनात्मक रहेका छन् । विज्ञानमा इच्छा भएका र स्कुलमा भन्दा ज्यादा खोज्न र जान्न चाहने विद्यार्थीहरुको लागि यो उपयुक्त ठाउँ बन्दैछ । यस्ता उपकरणसँग प्रत्यक्ष सम्मिलित भई धेरै वैज्ञानिक सिद्धान्त र रहस्यहरु मार्फत विद्यार्थीको सोच्ने तथा नयाँ कुरा पत्ता लगाउने क्षमताअभिबृद्धि बन्ने सञ्चालकको विश्वास छ । कोहि पनि व्यक्ति यहाँ भएका वैज्ञानिक तथ्य, जानकारी र सिद्धान्तहरुबाट सजिलै प्रभावित हुन सक्छन् ।

विज्ञान पार्क भित्र रहेको चभाभिअतयच तभभिकअयउभ सहयाताले सौर्यमण्डल, ताराहरु र न्बबिहष्भक सजिलै हेर्न सकिन्छ । हाम्रो ग्रह भन्दा धेरै टाढाका तारा, तारापुञ्ज र ग्रहहरु कस्ता होलान्, कति दुरीमा छन्, दुरविनको देख्न सक्छौ, पुर्णिमाको चन्द्रमा, सुर्यमा भएका ज्वालाका दुर्लभ र अनुपम दृष्य हेर्न समेत यहाँबाट पाइन्छ ।

१४ रोपनी क्षेत्रफलमा रहेको यो विज्ञान केन्द्रमा सुन्दरबगैचा र बालबालिकाहरुको लागि खेलकुदका सामाग्री राखिएका छन् । जसले उनीहरुको शारिरिक तथा बौद्धिक विकासमा टेवा पु¥याउँदछ । बालबालिकाहरुलाई मात्र नभई अभिभावकहरु पनि शहरको प्रदुषणबाट टाढा यस सुन्दर बगैंचामा शयर गरि आनन्दको समय बिताउन सक्छन् । बगैचाको साथमै रहेको सफा र सङ्लो स्वीमिङ पुलमा दैनिक पौडिका मज्जा लिएर शरीर र मतिष्क तन्दुरुस्त राख्न पाइन्छ । यहाँ मोटु, पत्लु, सिघंम, विभिन्न जनावरको आकृती, माउन्टेन, पञ्चमुखी हनुमान, डाईनोसर, वाटर फाउन्टेन, गार्डेन, पिङ तर्फ समेत बालबालिका आर्कषित बन्ने गरेका छन् ।

 

पार्क भित्र रहेको सिसा महलभित्र गएर अचम्मित हुनु पाइन्छ । आफै हराउन पाइन्छ, यसभित्र आफुलाई सयौँ दर्पणहरुबाट हेर्न पाउँदाको अनुभुती रमाइलो हुन्छ । उडेको फोटो लिने, खेलेर रमाउदै सिसा महलमा अनौठो र मज्जाको अनुभव लिन पाइन्छ ।

अब यहाँ रहेको मिनि साइन्स सेन्टरलाई अन्तराष्ट्रिय स्तरको बनाउने सञ्चालकको तयारी छ । प्लानेरियल खगोल बाहेकका विज्ञानका अन्य विषयलाई समेट्ने लक्ष्य गरिएको सञ्चालकले बताए । पार्कलाई बालमैत्रीको साथै अन्तराष्ट्रिय स्तरको बनाउने उनीहरुको तयारी छ ।

यहाँ रहेको साइन्स सेन्टर, मिरर पार्क, मिस्त्रि हाउस रहस्यमय घर हेर्नका लागि ३ सय रुपैयाँ शुल्क तिनुपर्छ । प्लानेटेरियम बाहेकको लागि इन्ट्रि फि १ सय रुपैयाँ लाग्छ । यहाँ स्विमीङ पुल समेत रहेको छ । स्विमिङ पुलमा विद्यार्थीको लागि २ सय, बच्चाको लागि १ सय ५० तथा सर्वसाधरणका लागि प्रति व्यक्ति २ सय ५० शुल्क लाग्छ ।

यहाँ बालबालिकाको लागि २७ फिट अग्लो र १ सय मिटर लामो जिप फ्लाएर समेत छ । जिप फ्लाएरको १ स ५० शुल्क लाग्छ । विभिन्न देशमा गएर सिकेको, देखेको कुरालाई समावेश गरेर यो सञ्चालनमा ल्याइएको सञ्चालकले बताए । यसलाई थप विस्तार गर्ने उनीहरुको योजना छ । विद्यार्थीसँगै शिक्षकलाई समेत नयाँ ज्ञान थप्न र विभिन्न समस्याको समाधान गर्न यो केन्द्र उपयोगी बन्न थालेको छ । कम्तिमा एक घण्टा तथा बढीमा दिनभरीनै यहाँ पुग्दै जिज्ञाशा मेटाउदै बालबालिका रमाउन सक्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button