पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण हुन्छः मन्त्री भट्टराई

दीननाथ बराल, पोखरा न्यूज – १२, पुष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माणको लागि थप जग्गा आवश्यक परेकोले प्रचलित मुल्य दिएर जग्गा अधिग्रहण गरिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले हवाई उडानको सुरक्षाको लागि थप १ सय ४ रोपनी जग्गा आवश्यक परेकोले उक्त जग्गालाई स्थानीयको चित्त बुझ्ने गरी प्रचलित मुल्य दिएर अधिग्रहण गरिने बताएका हुन्।

तेश्रो पटक थप जग्गा अधिग्रहण गर्दा १२ वटा घरहरु पर्ने भएकोले उक्त घरको समेत उचित मुल्य दिएर घरलाई समेत अधिग्रहण गर्ने मन्त्री भट्टराईले बताए । गाइड पाथ, एप्रोन लाइट, मेट्रोलोजिकल स्टेशन, मुख्य रुपमा हवाई उडान गर्दा टेकअफ र अवतरणको लागि (नेभिगेसन) को लागि उक्त जग्गा आवश्यक भएको मन्त्री भट्टराईले जनाए । उनले भने “ विमानस्थल निर्माणको लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहण हामीले प्रचलित मुल्यमा गछौं, यहाँ सरोकारवाला सहितको कमिटि बन्छ जसले जग्गा तथा घरको मुल्य निर्धारण गर्छ, कुनै मानिसहरुलाई एक्दमै नोक्सान हुने ढंगले हामी अधिग्रहण गर्दैनौं, वेदखल हुने ढंगले गर्दैनौं, यो हाम्रो आवश्यकताले गरी राखेका छौं ।”

राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थल निर्माणको क्रममा पटक पटक जनतालाई त्रसित पार्ने गरी जग्गा अधिग्रहण भयो कि मन्त्री ज्यू भन्ने पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले विदेशमा पनि ठुला आयोजना संचालन गर्दा अधिग्रहण गर्दै नयाँ टेक्नोलोजीको कारण विमानस्थलमा केही न केही नयाँ संरचना बन्दै जाने भएकोले बताएका उनले अहिलेको आवश्यकताको आधारमा एक सय ४ रोपनी मात्र अधिग्रहण गर्नु परेको जनाएका हुन्। त्यस पछि थप जग्गा आवश्यक पर्छ पर्दैन भन्ने विषयमा हाल आफुले केही भन्न नसक्ने प्रतिकृया दिदै मन्त्री भट्टराईले भने “ म विज्ञ होइन पछि जग्गा आवश्यक पर्न पनि सक्न नपर्न पनि सक्छ, यदि जग्गा अधिग्रहण गर्नु परेमा ठृुला आयोजनाको लागि राज्यले उनीहरुलाई चिक्त बुझाएरै अधिग्रहण गर्छ । ”

२०७१ सालमा ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्ने भन्ने कुरा हुदा २०७३ मा ५ सय २० रोपनी जग्गा अधिग्रहण गरिएको उनले जनाए । जग्गा अधिग्रहण गर्ने विषयले स्थानीय चिन्तित भएकोमा आफु पनि गम्भिर भएको उनले जनाए । नेपाल भ्रमण बर्षलाई सफल पार्न हवाई उडानलाई विशेष जोड दिएको बताएका मन्त्री भट्टराईले नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल हाल २१ घण्टा संचालनमा आएको बताए । केही हवाई उडान नहुदा र हवाई मार्ग पुनः मर्मत गर्नु परेकोले अघिल्लो वर्षको तुलानमा यस वर्ष पर्यटक आगमनमा केही गिरावट आएको उनले बताए ।

पोखराको रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रष्ट समक्ष पत्रचार समेत गरिसकेको मन्त्री भट्टराईले बताए । पर्यटकीय गतिविधि सहित पोखरामा पर्यटकीय गन्तव्यमा लगानी गर्न आग्रह गर्दै उनले यहाँको रात्रिकालिन जनजिवन समेत बढाउन सुझाव दिए ।

नेपाल भ्रमण वर्षको प्रवर्धन गर्न सरकारसँग नेपाल भ्रमण वर्ष तयारी समितिले ६५ करोडको बजेट माग गरे पनि १० करोड मात्र विनियोजन भएको उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button