पोखराका होटलमा ८० प्रतिशत अकुपेन्सी

दीननाथ बराल, पोखरा न्यूज- १६, पुष । पोखराको सडक महोत्सवको अवसरमा पोखराका पर्यटकीय स्तरका होटलमा करिब ८० प्रतिशत जसो होटल अकुपेन्सि पुगेको छ । अँग्रेजी नयाँ बर्षलाई लक्षित गरी रेवान पोखराले आयोजना गरेको २१ औं पोखरा सडक महोत्सवले गर्दा यस पटक मंगलबार पोखरामा करिब ८० प्रतिशत जसो होटल अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

उनले भने “ सडक महोत्सवको अवसरमा गत बर्षदेखि देशका मुख्य शहरहरुबाट केही कम आन्तरिक पर्यटकहरु आउन थालेका छन्, विभिन्न ठाउँमा मेला र महोत्सव हुनुले गर्दा पनि सडक महोत्सवमा अघिल्ला बर्षको तुलनामा पर्यटक आगमनमा कमि आएको छ ।” डिसेम्बर ३० तारिकमा करिब ६० प्रतिशत होटल अकुपेन्सि रहेकोमा २०२० को जनवरी एक तारिखमा पनि करिब ६० प्रतिशत होटल अकुपेन्सि रहेको उनले जनाए ।

सडक महोत्सवले गर्दा २/३ दिन भने पनि होटल तथा रेण्टुरेण्टमा राम्रो कारोबार भएको अध्यक्ष तुलाचनले बताए । नेपाल भ्रमण बर्षले आफुहरु थप आशावादी भएको उनले जनाए । निजी क्षेत्रको साझेदारीमा हुन लागेको नेपाल पर्यटन बर्षमा तीन तहका सरकारले पर्यटनका पूर्वाधार स्थानिय तहदेखि पुर्वाधार निर्माण होला भन्ने आफुहरुले ठुलो शाखा र भरोसा गरेको अध्यक्ष तुलाचनले जनाए ।

अघिल्लो बर्षको तुलनामा यस बर्षको पोखरा सडक महोत्सवमा पर्यटक आगमनमा कमि आएको सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले बताए । उनका अनुसार लेखनाथ महोत्सव, वुटबल भैरहवा र चितवनमा आयोजना भएका मेला र महोत्सवले गर्दा र सडक महोत्सवमा बालकदेखि युवालाई नयाँ वस्तु दिन नसक्दा गत बर्षदेखि पर्यटक आगमनमा कमी आएको हो । उनले भने “ अघिल्ला दुई बर्ष अघि इभ नयाँ बर्षको राति भोलि पल्ट बिहान ३ः३० बजेसम्म सडकमै दर्शक तथा पर्यटकहरुको ठुलो भिड हुने गरेकोमा यस बर्ष भने १२ः४५ बजे पोखराको लेकसाइड क्लियर भएको थियो ।

पोखराको लेकसाइडमा बर्षकै सबै भन्दा धेरै पर्यटक आउने दिनको रुपमा रहेको डिसेब्बर अन्तिम तारिक अर्थात जनवरी फष्टको रातमा लाखौं पर्यटक सहित दर्शक पोखराको लेकसाइडमा पुग्ने गरेका छन्। यही पुष १२ गतेदेखि कोमागाने पार्क सहितको पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा संचालन भएको सडक महोत्सव अनौपचारिक रुपमा बुधबार समापन हुने भएको महोत्सवका प्रचार संयोजक विश्वराज पौडेलले बताए ।  उनका अनुसार यस बर्षको महोत्सवमा करिब ३ लाख दर्शक सहितका पर्यटक भित्रिएकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button