पोखरामा नयाँ व्यवस्थापनका साथ स्टेशन फुड क्लब एण्ड ससेज पार्क संचालनमा आउने

दीननाथ बराल, पोखरा न्यूज – १९, पुष । आगामी माघ महिनादेखि पोखराको ग्रैहापाटनमा नयाँ व्यवस्थापनका साथ स्टेशन द फुड क्लब एण्ड ससेज पार्क संचालनमा आउने भएको छ । ग्राहकहरुको माग अनुसार नयाँ भवनमा फरक स्वाद दिने उद्धेश्यले नयाँ व्यवस्थापनका साथ आगामी माघ महिनाबाट संचालनमा ल्याइने तयारी गरिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

करिब डेढ बर्ष अघि पोखराको चिप्लेढुंगामा ठेलाबाट शुरु गरेका युवा व्यवसायी आयुष श्रेष्ठले पोखराको निभा गल्ली, गैरापाटन हुँदै  पुनः नयाँ व्यवस्थापनका साथ फुड स्टेशन संचालनको तयारी गरेका हुन्। मःम, फ्राई आलु, ससेज, तथा फास्ट फुड आइटमसंगै झिर हाउस समेत संचालनको तयारी गरिएको स्टेशनका संचालक आयुष श्रेष्ठले बताए ।

तस्बिर: राजाराम पौडेल

हाल संचालनमा रहेको ग्रैहापाटनको पसलकै आडमा रहेको अर्को भवनमा सरेसंगै आम ग्राहक मानुभावहरुलाई फरक ढंगले सेवा दिने उद्धेश्यले गुणस्तरिय खाजा उपलब्ध गराउने भएको श्रेष्ठले जनाए । बिहान ७ बजे देखि बेलुका ९ बजेसम्म संचालन हुने उक्त स्टेशनले हाल २४ जनालाई रोजगार दिएको छ । नयाँ व्यवस्थापन सहित संचालनमा आएसंगै आफुहरुले एकै पटकमा २ सय जनालाई सेवा दिन सक्ने संचालक श्रेष्ठले दाबी गरे ।

स्टेशनले घरमै खाजा माग गरेको खण्डमा होमडेलिभरीको समेत सेवा उपलब्ध गराएको छ । स्टेशनमा हाल करिब १ करोड लगानी भएको उनले जनाए । स्टेशनका धेरै  भित्ताहरु थ्रि डि आर्टले सजिएका छन्। हिमालयन रोडिजका उपविजेता पोखरा लामाचौर निवासि अनिमेश शाहीले कोरेका ६० वटा थ्रिडी तथा ग्राफिटी कला स्टेशनका भित्ताहरुमा देख्न सकिन्छ ।

तस्बिर: राजाराम पौडेल

सञ्चारकर्मीबाट व्यवसायमा हात हालेका ३५ बर्षीय युवा श्रेष्ठले जिवनमा धेरै बाधा अड्चन आए पनि  जिम्मेवारीको भारी निरन्तर बोकेकाले आज यो यात्रा सम्म आउन सफल भएको संचालक श्रेष्ठले जनाए । तनहुँको कलेस्तीमा जन्मिएका श्रेष्ठले पोखरामा रेडियोमा काम गरे पनि आफ्नो व्यवसायीक यात्रा साथीहरुसंग सापट मागेर संचालन गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले निरन्तर मेहेनत गरेको खण्डमा ढिलो चाँडो फल प्राप्त हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संचारकर्मीले आफ्नो संचारको कर्मसंगै व्यवसायलाई समेत अघि बढाउन सुझाव दिए ।

पत्रकार उत्तम पौडेलले स्टेशनका संचालक आयुषले शुरुमा ५० हजारबाट सुरु गरेको व्यवसाय हाल करोड पुगेको बताए । गायक तथा आयुषका सहकर्मी विनोद वानियाले एकल व्यवसायमा हाल हालेका आयुषले बिचमा पाट्नर राखेसंगै व्यवसायीमा केही असर परेको बताए । आयुषको व्यवहारले गर्दा धेरै युवाहरुलाई आकषर्ण गर्न सफल भएको पत्रकार सञ्जल मल्लले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button