सन्दीपलाई मेलबर्न रेनेगेड्सविरुद्ध ३ विकेट

 पोखरा न्यूज – १९, पुष । अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सविरुद्ध भएको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट हासिल गरेका छन् ।

टस जितेर फिल्डिङ रोजेको मेलबर्न स्टार्सका लागि उत्कृष्ट बलिङ गर्दै सन्दीपले आफ्नो कोटाको चार ओभरमा २६ रन खर्चेर ३ विकेट लिन सफल भए ।

उनलाई राम्रो साथ दिदैँ अर्का लेग स्पिनर एडम जाम्पाले ४ ओभरमा १९ रन खर्चंदै २ विकेट चट्काए । स्टार्सका डेल स्टेनले पनि २ विकेट लिए लिए । उत्कृष्ट बलिङको सहायतामा स्टार्सले रेनेगेड्सलाई १४२ रनमा सीमित हुन पुग्यो ।

१४३ रनको लक्ष्यका साथ स्टार्सले केही समयमा ब्याटिङ थाल्नेछ । चोटका कारण सन्दीप लामिछानेले अघिल्लो खेल खेलेका थिएनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button