स्याङ्जामा २२ वर्षदेखि फरार प्रतिवादी पक्राउ

पोखरा न्यूज – २०, पुष । स्याङ्जामा बाइस वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

उनका अनुसार अदालतले २०५४ साउन २२ गते एक वर्ष एघार महिना छ दिन कैद सजाय तोकेको थियो । पक्राउ प्रतिवादीलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रवक्ता भण्डारीले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button