कफीको टेष्ट सबै ठाउँमा एउटै हुदैन : आशिष श्रेष्ठ

राजाराम पौडेल, पोखरा न्यूज – २१, पुष । १८ औँ शताब्दिमा इथोपियाबाट कफीको इतिहास शुरु भयो । अहिले विश्वका धेरै राष्ट्रमा कफी कल्चरको विकास भएको छ । नेपालमा कफीको इतिहास झण्डै ८० वर्ष पुरानो छ । नेपालमा कफी गुल्मी जिल्लाबाट भित्रिएको हो । नेपालका गुल्मी, पर्वत, पाल्पा, ललितपुर, स्याङ्जा, सिन्धुली, कास्की, कार्भे, नुवाकोट मुख्य रुपमा कफी उत्पादन हुने ठाउँ हुन् । पछिल्लो क्रममा कफी सप खोल्ने र कफी बनाउन सिक्नेहरुको संख्या बढ्दै गएको छ । यसैक्रममा पोखरामा रहेको हिमालय जाभा बारिष्टा कफी स्कुल पोखराका तालिम निर्देशक आशिष श्रेष्ठसँग पोखरा न्यूजका संवाददाता राजाराम पौडेलले बारिष्टा तालिम र कफी क्रेजसँग सम्बन्धित रहेर गरेको कुराकानी ।

हिमालय जाभा वारिष्टा कफी स्कुल पोखरामा खुलेको कति भयो ?

पोखरामा ४ वर्ष भयो, यो स्कुल काठमाण्डौमा धेरै अगाडी देखिनै शुरु थियो ।

तपाईहरुको यो ब्रान्च हो की ? फ्रेन्चाइज ?

पोखराको यो ब्रान्च हो, कफि सप हरु दूईवटा मोडलमा छ । एउटा ब्रान्च, अर्को फ्रेन्चाइज । पोखरामै अर्को फ्रेन्चाइज पनि छ । मेन काठमाण्डौको ठमेलमा छ । काठमाण्डौमा २, ४ वटा ब्रान्च अनि धेरै ब्रान्च छ । कर्पोरेट अफिस कमलादीमा छ । यो एउटा चेन कम्पनी हो । यसको मेन फाउण्डर भनेको गगन प्रधान,आनन्द गुरुङ हुनुहन्छ । फ्रेन्चाइज हो भने फरक लगानीकर्ता र पार्टनसिप हुनुहन्छ । हाम्रो चाहि कम्पिलिटली ब्रान्च हो ।

योजना के थियो, कसरी शुरु भयो ?

यो चाहि कफी सिक्ने ट्रेन्ड नहुँदादेखि खुलेको स्कुल हो । त्यस समयमा मानिसलाई कफिको बारेमा खासै थाहा थिएन । पोखरामा पनि सेम त्यहि नै हो । हाम्रो कन्सेप्ट के हो भने यो एउटा योङ जेनेरेसनलाई नलेज ट्रान्सफरको कुरा हो । इन्डष्ट्रिज भनेको सबैको हो । सबै आउनुपर्छ तर ट्रेन भएर आयो भने सबैभन्दा राम्रो हुन्छ । सबैले प्रमोट गर्ने नेपालीनै कफी भैसकेपछि नेपाली किसानको राम्रो हुने भयो । नेपाली कामदारको लागि राम्रो हुने भयो । थोरै लगानीमा आफु एउटा इन्टरपेनर बन्न सक्ने भयो भन्ने कन्स्फेटले स्कुल स्थापना गरिएको हो । त्यो कन्स्फेटले अहिलेसम्म राम्रै काम गरिरहेको छ ।

सिकाउने ट्रेन्ड कस्तो छ ?

हाम्रोमा लर्निङ वाई डुइङ भन्ने कुरा सबैभन्दा बढी लागु हुन्छ । हामी पहिला आफै बनाएर देखाउछौ, फेरी एसाइन्मेन्ट हुन्छ । दुई तीन जना मिलेर एउटा कफी बनाउने भन्दा पनि सबैको वान एण्ड वान ट्रेनिङ हुन्छ ।

सिकिसकेपछि उनीहरुको अवस्था नी ?

कतिधेरै केहि नगरेको साथीहरु, घरमै बसिरहेको साथीले यो ट्रेनिङ लिएर कफी सप खोलेका छन् । विदेशमा अष्ट्रेलिया, न्युजरल्याण्ड, युएस, दुबै, कतार, कुवेतमा पनि राम्रै काम पाइरहेका छन् ।

कति समयको कोर्ष हुन्छ, शुल्क कती लाग्छ ?

एक सय घण्टाको कोर्ष हो । ३० हजार रुपैयाँ शुल्क लाग्छ । पोखरामा हामिले ५ हजार छुट दिएका छौँ । २५ हजार रुपैया तिरेपछि अरु चार्ज केहि पनि लाग्दैन । त्यसमा विद्यार्थी मात्र आउने हो । २५ हजार लगानी गरेर यहाँबाट निस्कने बितिकै पोखरामानै शुरुवात गरे भने पनि मिनिमम १५ हजारको जागिर पाउँछन् । २० दिनमानै २५ हजार खर्च गरेर काम गर्न सक्ने भइहालिन्छ ।

यस तर्फको चाप कस्तो छ ?

बढ्दै छ, २ वर्ष सम्म त हामीले २ जना, ४ जना गर्दै सिकायौँ विस्तारै यहाँ सिक्नेले अष्ट्रेलियामा काम पाए, न्युजरल्याण्डमा काम पाए, दुबईमा काम पाए, दुबईमा त दुई, साढे दुई लाखमा जान पाइयो गएपछि ५० हजारदेखि १ लाखसम्म बेसिक तलब हुन्छ । यसले पनि चाप बढ्न थाल्यो ।

काम नपाउने, अवसर नपाउने त हुदैननी ?

कफि इन्डष्ट्रिजमा छिटो ग्रोथ हुन्छ । बारिष्टा भनेर छि¥यो, हेड बारिष्टा, सुपरभाइजर, माष्टर बारिष्टा, कफि माष्टर, मेनेजर, एरिया इन्जार्च भनेर छिटो डेभ्लप हुन्छ । अर्को कुरा योङ, इर्नजिटिभ हुनुपर्छ, योङ, इर्नजिटिभहरुले काम पाउँछ । यो मल्टि टासिङ काम भएकोले काम नपाउने भन्ने कुरा चाहि हुदैन ।

एक सय घण्टाको कोर्ष गरेपछि कसरी ‘जब पोसिविलिटि’ बढी हुन्छ ?

यो हरेक महिना चल्ने भन्ने कुरा हुदैन । बेसिकली नेपालीहरु एज ए स्टुडेण्टले अष्ट्रेलिया ट्राइ गर्छन् । त्यहाँ यो सिकेर गएपछि जब पाउने सम्भावना बढी हुन्छ । कारण के भने यो मल्टि टास्किङ भएको भएर, कफि सपमा क्यासियर, क्लिनर भनेर हायर हुदैन, कफि बनाउन जान्ने मान्छे नै हायर हुन्छ । अनि रोटेसनमा हुन्छ । कहिले क्यासियरमा काम गर्नु पर्यो, कहिल कफि बनाउनेमा काम गर्नुप¥यो, कहिले कस्टुमर सर्भीसमा काम गर्नु पर्ने भयो, त्यो कारणले धेरै पोष्टमा एप्लाई गर्न पाइयो । त्यसकारण जब पोसिविलिटि हाइ छ । अर्को कुरा हाम्रो बल्ल ट्रेन भयो । विदेशमा त कफि नखाई कामै हुदैन । फास्टफुडमा पनि कफी अनिवार्य हुन थालेको छ । दायरा बढेर गएको छ, रेष्टुरेन्ट रिर्सोट, कफि सप,फास्टफुड चेनहरुमा पनि काम पाइरहेको छ । स्टारबक्स भन्ने वल्डको सबैभन्दा पहिलो विश्वको कफि चेन विजनेस छ त्यसमा पनि थुप्रै नेपाली र हाम्रो विद्यार्थीहरु पनि आबद्ध छ ।

लामो समय मिडियामा काम गर्नु भएको तपाइको आगमन यता कसरी भयो त ?

म चाहि प्रायःजसो क्रियटिभ फिलमा हुन्छु । कफि पनि एउटा आर्ट हो । त्यसैले यता आए ।

नेपाली कफीको पपुलारिटि विदेशमा कस्तो छ ?

नेपालमा हुने भनेको एरोविका कफि हो । नेपालको कफि हिमाली भेगमा फलेको, एभरेष्टको हावाले छोएको भनेर वल्डभरी पपुलर छ । जती यहाँ खपत हुन्छ त्यति नै बाहिर पनि जान्छ । हिमाली भेग भनेको उचाईमा फलेको कफी भनेर पपुलर हो । अर्को कुरा नेपाली कफीको टेस्टिङ गर्ने प्रक्रिया हुन्छ त्यसलर्ई कपिङ भने भनिन्छ । त्यो चाहि अथुराइज एजेन्टहरुले गर्छ । टेस्टिङको क्रममा नेपाली कफीले ८० भन्दा माथी माक्स अपटेन गर्छ । त्यसकारण नेपाली कफी पपुलर हो ।

नेपाली कफीको मूल्य कस्तो छ ?

नेपालमा पाउने कफी बारीमा हुँदा १ सय रुपैया किलो पर्ला, पछि प्रोसेसिङ गरेपछि हरियो दाना भएपछि ग्रेड अनुसार ६ सय देखि १ हजार १ सय ५०, भुटेपछि अझ महंगो हुन्छ । भुटिसकेपछि सस्तो भनेकै १ हजार ५ सय रुपैयाँ किलो पर्छ । बारीबाट कप सम्म आइपुग्दा सम्म कफीको तौल धेरै घट्छ । १२, १५ लाखमा राम्रो कफी सप खोल्न सक्छ । जबको डिमान्ड छ । पिउनको लागि योग्य कफीको मुल्य कफी सप अनुसार फरक–फरक हुन्छ ।

नेपाली कफीको नेपाली आफ्नै नाम छैैन ?

कफीको बेभरेजमा फाइनल प्रोडक्ट निस्कन्छ त्यसमा नेपाली नाम छैन, कहि कतै कुनै कफि सपले आफैले भेरियसन गरेर बनाएको हुन सक्छ । हाम्रोमा भर्खर चलेको ट्रेन हो । त्यहि भएको कफिलाई मानीसले चिन्न बाँकी छ । नयाँ नेपाली भनेर आएको छैन । जुन पनि नाम होस् । विदेशी नाम होस्, कुनै एउटा देशको नाम होस् त्यसमा युज हुने नेपाली कफी हुन्छ ।

कफीको टेष्टलाई ठाउँले कतिको असर गर्दछ ?

कफीको टेष्ट सबै ठाउँमा एउटै हुदैन, कफिलाई जोग्राफि इज द फ्ेलवर भनेर भन्छ । प्रोडक्ट चाहि पुरानै कोर नाममा आउँछ । तर युज हुनेचाहि लोकल कफि नै बढी युज हुन्छ । जस्तैः लावस भन्ने ठाउँ छ, त्यहाँ नेपाली कफी लगरे बेचेर काम भएन, त्यहाँको भेरायटीमा बेच्न त सक्यो, तर सबैभन्दा धेरै चाहि लावसके कफि प्रयोग हुन्छ ।

नेपाली आउने विदेशीमा नेपाली कफि प्रतिको आर्कषण कस्तो छ ?

एकदमै राम्रो छ, नेपाली कफी बाहिर पनि पपुलर छ, हामीले कफी बनाइसकेपछि कफीसँग अनुभव पनि सेयर गर्छौ । हामी कफी, कन्र्भसेसन र कम्युनिटि ‘थ्री सि’ भन्छौ । हाम्रो ट्रेनचाहि रेष्टुरेन्ट र कफी सप खान मात्र जान्छौ, हामी पहिल्यै साथीहरु बटुलेर जान्छौ, वास्तवमा कफी कल्चर भनेको साथीसँग पनि जान सकिन्छ, नत्र तपाईले इमेल गर्नु छ भने कफी सपमा गएर कफी खादै त्यहाँको वाइफाई चलाएर काम गर्न सक्नुहुन्छ, सानो–सानो मिटिङ त्यहि गर्नसक्नुहुन्छ, किताब पढ्नसक्छु, रेगुलर यति धेरै आउँछन् की मानीसहरु अर्को रेगुलर आउनेसँग साथी बन्छ के, त्यो साथी मल्टिप्लाई हुदै एउटा कम्युनिटि बन्छ । वास्तविक कफी कल्चर इन्टर चाहि यहाँ भएको छैन । हाम्रोमा पनि टोलमा एउटा चिया पसल हुन्थ्यो नी अहिले कफी सप त्यस्तै हो । त्यहाँ गएर गफ गर्ने, भेट्ने त्यसैले अब टोलमा दुई तीनवटा कफी सप जसै हुन्छ । टेन्सन रिलिफ हुने ठाउँ यो बन्छ ।

कफी पारखीको मन कसरी जित्ने ?

कफी राम्रो हुनुपर्छ, नेपाली कफीमा त्यो क्वालिटि छ, अर्को कुरा कस्तो खाले एक्सपेरियन्स दिने हो कस्टुमरलाई भन्ने महत्वपुर्ण हुन्छ । नाम चाहि विदेशी भएपनि एक्सपेरियन्स नेपाली कफी र नेपाली इन्भारामेन्ट हुन्छ । त्यसबाट पनि मन जित्न सकिन्छ ।

वारिष्टा भनेको के हो ?

वारिष्टा भनेको मल्टि टास्क गर्ने मानिस हो । मुख्य काम कफी बनाउने हो । यो कुकिङ बेकिङ जस्तो घर भित्र बसेर नगरेर, घर बाहिर मानिसँग बोलेर, कुरा गरेर गर्नुपर्ने भएकोले धेरै रेसपोनसिविलिटि हुन्छ । अर्को काम भनेको कस्टुमर केयर भन्ने हुन्छ । हाम्रोमा त आएर बसेर कफी खान्छन् । विदेशमा काममा जाने हुन्छ । कामको बिचमा कफी सप हुन्छ त्यहाँ गएर कफी खाने हुन्छ । उ आफै बोल्नुप¥यो, सर्भीस पनि गर्नुपर्यो, कफी बनाउनुपर्यो, सँगसगै हिसाबकिताब गर्नुपर्छ, क्लिनिङ पनि गर्नुपर्छ, २, ३ जना मानिस बसेर त्यहाँको सबै डिर्पाटमेन्ट ह्यान्डल गर्नुपर्ने हुन्छ ।

बारिष्टाको कोर्ष भित्र के–के सिकाइन्छ ?

हामी कफीको इतिहासको बारेमा कुरा गर्छौ, नेपाली कफीको कुरा गर्छौ, कुन कुन ठाउँमा कफी फल्छ, कफीमा के के हुन्छ, यसको पार्ट के के हो, मेसिन पनि चलाउन सिकाउँछौ । राम्रो कफी कस्तो हुन्छ, नराम्रो कस्तो हुन्छ, कसरी बनाउने कती युज गर्ने, कती मसीनो वा मोटो बनाउने, मिल्कलाई कसरी तताउने, कुन कफीलाई कती तापक्रम, कफीको आर्ट गर्न सिकाउँछौ । कफीमा हनी कती, चकलेट कती, फेलेवर कस्तो, आइस राखेर कसरी बनाउने, आइस क्रस गरेर कसरी बनाउने सिकाउँछौ ।

हामीले विद्यार्थीलाईनै विभिन्न रोल दिएर प्राटिक्स गारउँछौ, उनीहरुको आर्टलाई पनि ध्यान दिन्छौ कस्टुमरको बारेमा कसरी डिल गर्ने, १० दिन इन्र्टनसिप हुन्छ । इन्र्टनसिप मार्फत विद्यार्थीले आभेरअल बुझ्छन् । यसका अलावा कप्युटरराइज विलिङ सिस्टम, विभिन्न मेसिन चलाउन, सफा गर्न सिकाउँछौ ।

तालिम पश्चात विद्यार्थी कसरी अगाडी बढ्ने ?

यो कोर्ष गरेपछि बाटो खुल्यो, फार्मिङको रिर्सच गरेर फार्म तिर जानेकी, कफी भुट्ने तीर जानेकी, कफी टेस्टिङ को क्लास गनै जानेकी, लाते आर्टको क्लास हुन्छ । सानो–सानो इकुपमेन्ट हुन्छ । हातले कफी बनाउने । स्पेलजाइशन गर्न सक्छ । ६ महिना १ वर्ष काम गरेपछि आफुलाई केमा बढी रुचि हुन्छ त्यतैतिर जान सकिन्छ ।

यहाँ सिक्न कुन कुन ठाउँबाट आइरहेका छन् ?

हामीकहाँ पोखरा, दमौली, बागलुङ, बुटबल नारायणगढ मात्र नभएर अमेरिकन, कोरियन, चाइनिजहरु समेत आउँछन् ।

विदेशी कसरी आउँछन् सिक्न ?

कोहीले बुकिङ गरेर आउँछ । कती यहाँ आएर कफी खाएपछि इन्ट्रेष्टीङ भएर आउँछन्, कती भिसा थपेरनै सिक्छ, कतिले यहाँ सिकेर विदेशमा कफी सप खोलेका छन्, कति मेनेजर सुपरभाइजर काम गरेका छन् ।

कफी प्रतिको नेपालीको बुझाई र क्रेज कस्तो छ ?

गर्मीमा खानु हुदैन, जाडोमा खानुपर्छ भन्ने बुझाइ छ । तर गर्मीमा खाने कफीहरु हुन्छ । कफी लवरर्सले ब्ल्याक कफी खान्छन्, अर्को फ्लेवरवाला हुन्छ चक्लेट हालेको, हनी हालेको, हो त्यो ट्रेनले गर्दा अहिलेको टिनएजहरु भेट्ने ठाउँ कफी हाउस भयो । घर र काम गर्ने ठाउँ बिचको स्पेस कफी सप बनेको छ, अब कफी सपको ट्रेन्ड हराउदैन, बढ्दैगर्छ । नेपालमा अझै बढ्दै जान्छ ।

काठमाण्डौ, पोखरा, बुटबल, चितवन आदी ठाउँमा यसको क्रेज बढी छ । पोखराको कुरा गर्दा लेकसाइड हल्लनचोकबाट बाराहीचोक सम्म लगभग १ सय ५० कफी मेसीन छन् । कफी बनाउन सिकाउने दर्जन भन्दा ठाउँ यहाँ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button