म्याग्दीमा पनि भेटियाे स्क्रबटाइफसका बिरामी

काठमाडाैं : गण्डकी प्रदेशकाे म्याग्दी जिल्लामा पहिलोपटक स्क्रब टाइफसको संक्रमित भेटिएको छ। बेनी नगरपालिका–९ की ६६ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो।

बेनी अस्पतालमा आएका तीनजना शंकास्पद बिरामीलाई जाँच गर्दा ती महिलामा ण्स्क्रब टाइफस पोजिटिभ भेटिएको डा.सुदिप अधिकारीले जानकारी दिए। ज्वरो निको नभएपछि उपचारको क्रममा अस्पतालमा आउँदा स्क्रब टाइफसको संक्रमण भेटिएको उनले बताए। जनचेतनाको अभावले यसको बिरामी बढ्न सक्ने उनको भनाइ छ।

स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो समस्या देखिने भएकाले यस रोगबारे सर्वसाधरणलाई जानकारी गराउनुपर्ने डा।

अधिकारी बताउँछन्। मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका अर्का डा। मनोज घिमिरेले सुझाव दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button