स्याङ्जामा सुन्तला र होमस्टेले जीवनस्तर उकास्दै

दीननाथ बराल, पोखरा न्यूज – २२, पुष । स्याङ्जाको वालिङ स्थित एकै गाउँमा ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको छ । वालिङको एलादी–४ खाल्टेमा ३२ घर परिवार भएको एकै गाउँमा यस वर्ष करिब ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको स्थानीयले बताएका छन् ।

स्थानीय ३२ घरबाट करिब ११ हजार भन्दा बढी सुन्तलाको बोटबाट यस वर्ष करिब ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको सुन्तलावारी होमस्टेका संयोजक तथा स्थानिय कृषक मोहन खनालले बताए । उनका अनुसार हाल समय अनुसार सुन्तलाको मुल्य निर्धारण गरिएको छ । गाउँमै सुन्तला प्रति केजी ६० देखि ६५ रुपैयामा बिक्रि भएको छ । उक्त होमस्टेको प्रवर्धन गर्न सुन्तला बारी सामुदायिक होमस्टे र स्याङजा क्यानोनिङ पर्यटन प्रवर्धन समितिको आयोजनामा खाल्टेमा सुन्तला बारी महोत्सव भएको थियो ।

खाल्टेका हरेक घर परिवारले न्यूनतम एक लाख ५० हजार देखि १२ लाखसम्म यस वर्षको सिजनमा सुन्तलाबाट आम्दानी गर्न सफल भएको स्थानीय एक कृषक क्या.डिलक्रिकम गुरुङले बताए । उनले यस बर्ष करिब ५ सय सुन्तलाको वोटबाट करिब ५ लाख रुपैयाको आम्दानी गर्ने लक्ष्य राखेका छन्। उनले गत वर्ष राम्रो सुन्तला फल्दा करिब ८ लाख रुपैया आम्दानी गर्न सफल भएका थिए ।

सुन्तला बारीमा रमाउदै पर्यटक

स्थानीय कृषक सुवेदार मेजर खेमराज गुरुङले यस बर्ष करिब ९ लाख ५० हजारको सुन्तला उत्पादन गर्ने लक्ष्य राखेका छन् । गत बर्ष उनले करिब ८ लाखको सुन्तला बिक्रि गरेका थिए । सरकारी पक्षबाट समेत आफ्नो सुन्तला बारीमा राम्रो उपस्थिति रहेको र समय समयमा राम्रो रेखदेख गरेकोले गर्दा आफुहरु यस पेशामा प्रोत्साहित भएको उनले जनाए ।

यस वर्ष असिना परेकोले गर्दा केही सुन्तला उत्पादनमा कमी आउने भएको उनले जनाए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला सुपर जोन कार्यक्रम समेत उक्त गाउँमा संचालन भएको छ । आफुहरुलाई सुन्तलाको हाइब्रिड बिउ भन्दा हाइ टेक्नोलोजि, प्रविधि, कृषि प्राविधिक र अनुदान आवश्यक भएको सु.मे.गुरुङले बताए ।

खाल्टे क्षेत्रमा यस बर्ष करिब ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको सुन्तला बगैचा व्यवस्थापन समितिका संस्थापक पुर्व सचिव शेरबहादुर गुरुङले बताए । गाँउका घर घरमा सुन्तला खेतीसँगै गाउँमा सुन्तला बारी होमस्टेले गर्दा गाउँमा आयआर्जन गर्न सहज भएको उनले बताए । स्थानीयको हाल मुख्य आय सुन्तला भएको छ अर्को आम्दानीको श्रोत हुन थालेको छ होमस्टे ।

स्थानीय १३ घरमा हाल संचालनमा आएको होमस्टेमा एकै रातमा करिब ३० जनालाई व्यवस्थापन गर्न सकिने भएको सुन्तला बारी सामुदायिक होमस्टेका संयोजक खनालले जनाए । होमस्टेमा प्रति पर्यटकको १ हजार १ सय रुपैयामा आवास सहितको सुविधा उपलब्ध हुनेछ । बेलुकाको खाजा, खाना एक रात बसेको र बिहानको खाजा समेत त्यस भित्र समेटिएको होमस्टे समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button