ए डिभिजन लिगमा सन्तोष साहुखलको १ सय गोल पूरा

पोखरा न्यूज – २३, पुष । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १ सय औँ गोल गरेका हुन् ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका हुन् । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन् । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उनको यो चौथो गोल हो ।

उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button