एनआइसीको चमत्कारिक निक्षेप योजना, २५ हजारको ब्यालेन्सले २१ लाखको बीमा !

दीननाथ बराल, पोखरा न्यूज – २३, पुष । एनआइसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ ।  अँग्रेजी नयाँ बर्ष सन् २०२० को अवसरमा बैंकले ग्राहकलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाइदाहरु दिने उद्धेश्यले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत(प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्।

देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको उनले बताए । उनका अनुसार बैंकले निःशुल्क होम बैंकिङ सुविधा, नि:शुल्क लकर सुविधा, उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको व्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट लगायतका सुविधा ल्याएको छ ।

विभिन्न प्रकारका खाता योजनामा ६.५ प्रतिशत व्याजदर, २ लाख भन्दा बढी रकम संचित गर्दा ९.७५ प्रतिशत व्याजदर दिने बैंकले जनाएको छ । मासिक निक्षेप खाता ३ महिना देखि १० बर्षसम्मको लागि समेत खोल्न सकिने भएको छ । न्यूनतम ५ देखि ३० जनासम्मको कर्मचारीहरु भएको अवस्थामा तलबी खातामा समेत विभिन्न सेवा सुविधा उपलब्ध हुने  बैंकले जनाएको छ ।

न्यूनतम २५ हजार सम्मको ब्यालेन्स भएमा २१ लाखसम्मको बीमा सुविधा उपलब्ध हुनेछ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मुल नाराका साथ ग्राहक समक्ष न्यू सुपर चमत्कारिक निक्षेप योजना अन्तर्गत  न्यूनतम २५ लाखसम्मको  ब्यालेन्स  खातामा हुँदा  २१ लाखसम्मको बीमा सुविधा उपलब्ध हुने एनआइसी एशिया बैंक गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए ।

गोल्ड बचत योजना अन्तर्गत  कुनै पनि व्यक्तिको एनआइसी एशिया बैंकमा न्यूनतम २५ हजार ब्यालेन्स  भएको अवस्थामा सम्बन्धि खाता वालाको दुर्घटना तथा शारीरिक रुपमा अशक्त भएको खण्डमा १० लाख, १८ घातक रोगको लागि १० लाख र एक लाखको औषधि उपचारको सुविधा हुने भएको हो ।

न्यूनतम ५० हजारसम्मको ब्यालेन्स राखेको खण्डमा २१ लाख सम्मको बीमा सुविधा सहित ओपीडी सेवा प्राप्त हुने भएको उनले जनाए । ओपीडी सेवा अन्तर्गत  ओपीडीमा उपचारको लागि २० हजार र भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गरिने प्रदेश प्रमुख शर्माले जनाए । बैंकले बीमा बापतको निश्चित शुल्क एभरेष्ट इन्सुरेन्स कम्पनिलाई तिर्ने भएको छ ।

गण्डकी प्रदेशमा ३१ शखा, १० वटा एक्सटेन्सन काउण्टर, ५० वटा एटिएम मेसिन समेत संचालन भएको प्रदेश प्रमुख शर्माले जनाए ।  एनआइसी एशिया बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४ सय ८ वटा एटिएम मेसिन, १ सय ३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको सूचना अधिकारी पाण्डेले जनाए । उनका अनुसार बैंकका करिब २० लाख ग्राहक रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button