राज्यले दिएको सेवा सुविधा सामाजिक सेवामा खर्चिदै गण्डकी प्रदेश सांसद दवाडी

दीननाथ बराल, पोखरा न्यूज – २३, पुष ।  गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आफुले राज्यबाट पाएको सेवा सुविधा वापतको आर्थिक रकम आफ्नो निर्वाचन क्षेत्रसहित गोर्खाका गरिब तथा दुखि जनताहरुको लागि खर्चिएकाछन्। बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद दवाडीले राज्यबाट प्राप्त गरेको सेवा सुविधा आफ्नो क्षेत्रका करिब तथा दुखि जनताको लागि खर्चिदै आएको बताएका हुन्।

शिक्षा, स्वास्थ्य र कृषि सडकमा बढी रकम खर्चिएका सांसद दवाडीले निर्वाचनका बेला जनता समक्ष आफुले गरेको वाचा पुरा गर्न पनि गोर्खाका गरिब तथा दु:खि जनताको लागि आफुले सकेको रकम सहयोग गर्दै आएका छन् । यस बर्ष उनले ६ लाख ७९ हजार ८ सय ११ रुपैया राज्यबाट प्राप्त भएको रकमसहित ९ लाख ४४ हजार रुपैयाको आर्थिक रुपमा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सहयोग गरेका हुन्। आफु एक व्यावसायीसमेत भएको बताउदै उनले राज्यबाट पाउने सेवा सुविधामा यस बर्ष करिब २ लाख ६० हजार रुपैया थप गरी गरिब तथा जेहेन्दार एवं जनजाति समुदायका केही व्यक्तिलाई सहयोग गरेको जनाए ।

गोर्खा २ ख मा कांग्रेसबाट निर्वाचित भएको सांसद दवाडीले आफ्नो क्षेत्रमा करिब ८० प्रतिशत जसो जनजाति समुदाय भएको जनाए । उनले भने “अझै पनि हाम्रो क्षेत्रमा पुरानो संस्कार कायमै छ, कुनै व्यक्ति बिरामी भएमा पुजा पाठ गर्ने, शुल्क तिर्न नसकेर विद्यालय छाड्नुपर्ने अवस्था छ, केही बिरामी रकम अभावमा अस्पताल जान नपाई घरमै छट्पटाइ राखेको अवस्था छ । ”

गत बर्ष पुष २२ गते एक बर्षमा राज्यबाट प्राप्त गरेको सेवा सुविधा वापतको रकम सामाजिक क्षेत्रमा खर्च गरेको सार्वजनिक गरेका सांसद दवाडीले यस बर्ष भने एक दिन ढिलो पुष २३ गते पोखरामै बैंक स्टेटमेन्ट सहित सार्वजनिक गरेका हुन्। डेढ दशकदेखि जापानमा व्यवसाय गरेका सांसद दवाडीले केही बर्षदेखि आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्चिन उत्साहित भएकाछन्।

उनले भने “मतदाताको ज्यान रहे पो हामीलाई भोट हाल्ने हौला रहन्छ, आफ्नो अवस्था फेर्नको लागि मतदाताहरुले हामी माथि ठुलो भरोसा गरेका छन, उनीहरुको विश्वास पुरा गर्न म पूर्ण प्रतिबद्द छु, र अरु पनि हुनुपर्छ भन्ने विश्वास राख्छु । ” आफ्नो अभियानमा सके सबैले सहयोग गर्न नभए विगार्ने काम नगर्न उनले आग्रह गरेका छन्। देश संघियतामा गए पनि केही कामहरु अझै राजधानिबाटै हुने परिपार्टीले संघिय व्यवस्था अनुसारको जनताले सेवा सुविधा प्राप्त नगरेको उल्लेख गर्दै सांसद दवाडीले सरकारी रवैया कायमै रहेको दाबी गरे ।

विभिन्न नाममा केन्द्रिय सर्वसत्तावाद अझै शासकहरुमा मस्तिस्कबाट निस्किन नसकेकोमा आफ्नो यस प्रति बिरोध रहेको उनले जनाए । सरकार अराजक बाटोबाट अघि बढेको आरोप लगाउदै सांसद दवाडीले मिडिया विधेयक ल्याएर सरकारले पत्रकारको कमल ढाल्ने कोशिस गरिरहेको दाबी गरे । सरकारले अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउदै अधिनायकवादी शैलिबाट हिडेको उनकोे आरोप थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सांसद दवाडीले राम्रो कामको शुरुवात गरेको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button