अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

पोखरा न्यूज – २४, पुष । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ ।  संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गएका हुन्  ।

उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।  अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् ।

“यो भन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौँ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,” प्रधानमन्त्री मोरिसनले भने ।  उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका हुन्  ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सवै सहयोगलाई धन्यवाद ज्ञापन पनि गरेका छन । अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button