भारतबाट मिचिएको सिमा फिर्ता गर्छौं : रक्षामन्त्री पोखरेल

पोखरा न्यूज – २४, पुष । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भारतसँग सिमाको विषयमा २ वटा डिप्लोमेटिक ढंगबाट वार्ता गरी आफ्नो मिचिएको सिमा फिर्ता गर्ने बताएका छन्।

प्रेस संगठन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री पोखरेलले नेपाल सरकारको तर्फबाट तथ्य र प्रमाणसहित दुई वटा तागतका आधारमा भारतसँग वार्ता गरी हाम्रो  मिचिएको सिमा फिर्ता गराउने बताएका हुन्।  उनले भने “ यस अघिका सरकारको पालामा पनि नेपालको सिमा साघुरिएको थियो, त्यो अहिले पनि जारी छ तर यस अघिका सरकारले सिमा मिचिएको विषयमा औपचारिक रुपमा कुरा गर्न सकेनन् भने अहिलेको सरकारले सिमा बिवादलाई अन्त्य गर्न वार्ता बस्न औपचारिक रुपमा पत्र पठाइसकेको छ । ”

नेपालका राष्ट्रिय सबै राजनीतिक शक्तिहरु एकै ठाउँमा भएकाले र ऐतिहासिक र प्रमाणका आधारमा नेपाल सरकारको तर्फबाट दाबी स्वरुप डिप्लोमेटिक ढंगबाट कुरा गर्ने भएकाले नेपालको सिमा बिबादलाई छिट्टै हल गर्ने पक्षमा सरकार रहेको रक्षामन्त्री पोखरेलले जनाए । भारतलाई वार्तामा बोलाउन पत्र पठाएकाले भारतले मिति तय गर्न साथ नेपालको तर्फबाट आफुहरु वार्तामा बस्न तयार रहेको उनले जनाए । राष्ट्रिय स्वाधिनलाई महत्व दिंदै दुई देश बिचको आपसी सहमती र सिमाको अन्तराष्ट्रिय नियम अनुसार नै आफुहरुले सिमामा देखिएको समस्या हल गर्ने भएको रक्षामन्त्री पोखरेलले बताए ।

उनले भने “ सिमाको बारेमा हामी हाम्रो एक इन्च जमिन कसैलाई अतिक्रमण गर्न दिदैनौं र हामीलाई कसैको एक इन्च जमिन पनि चाहिएको छैन्। ” निती निर्माण र आवश्यकताको आधारमा संरचना निर्माणमा सरकार केन्द्रित रहेको उनले बताए । नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका रक्षामन्त्री पोखरेलले भने “ आउने दिनमा हिजो जनतासंग जे प्रतिवद्धत्ता व्यत्त गरेका थियौं, त्यो प्रतिवदत्तालाई कान्वयन गर्नको लागि आवश्यक पर्ने बिषेश नितीहरु संंरचनाहरु निर्माण गर्न केन्द्रित भएकाछौं ।” नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री पोखरेलले ट्रस्टको जुन उद्धेश्यले २०६४ सालमा स्थापना भएको थियो त्यही अनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, व्यवसाय र आयआर्जन गर्ने हिसावले विधि संगत र जनताको हितमा काम गर्ने बताए ।

पूर्व राजा महाराजाहरुको सम्पत्ति पूर्वदेखि पश्चिमसम्म रहेकाले त्यसको उचित संरक्षण गर्दै स्थानिय र प्रदेश सरकारसंगको परामर्श तथा समन्वयको आधारमा मात्र आवश्यकताको आधारमा प्रयोग गर्ने भएको मन्त्री पोखरेलले बताए । पोखराको रत्न मन्दिर र हिमागृह स्थानिय र प्रदेश सरकारसंगको समन्वयमा यहाँको चहाना अनुसार छिट्टै खुल्ला गनिरे भएको उनले जनाए । उनले भने “ हामीले जे गछौं, कानुन संगत ढंगबाट स्थानिय र प्रदेश सरकारसंगको समन्वयमा पारदर्शी ढंगबाटै गछौं । ” प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सह-संयोजक शन्देस श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button