पोखरा व्यापार मेलामा शुक्रबार मनोज गजुरेलको हाँस्य प्रस्तुति रहने

पोखरा न्यूज – २४, पुष । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ ।

नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । यसैगरि मेलामा साँझ फेसन सोको पनि राखिएको छ । विभिन्न डिजाइनहरुले तयार पारेका पोशाकसहित मोडलहरु र्याम्पमा उतार्ने तयारी गरिएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए ।

यता विहीबारसम्म करिब ५८ हजार जनाले मेलाको अवलोकन गरेका संघका महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक अर्जुन पोखरेलले जनाए । शुक्रबार लोकदोहोरीतर्फ : वविता बाँनिया, ( जेरी) , विक्रम परियार, दिलु लामा, केशव घिमिरे,प्रेम बस्याल, पार्वती गुरुङ, प्रेमराज अधिकारीलगायतको प्रस्तुति रहनेछ । बिहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुतिमा दर्शकहरु झुमे । आधुनिक गायक राज सिग्देलले पनि सहभागिलाई भरपुर मनोरञ्जन दिए ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रबर्द्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button