घिरिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

पोखरा न्यूज – २५, पुष । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ बस आज बिहान घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिएका छन् ।

घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button