गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

पोखरा न्यूज – २५, पुष । गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले माघे १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को २४ गते बिहीबार बसेको बैठकले प्रदेशमा १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै प्रवक्ता  बस्नेतले   बैठकले उक्त बिदाको निर्णय सहित विभिन्न ८ वटा निर्णय गरेको  बताए ।

मन्त्रिपरिषद्को बैठकबाट प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिव नियुक्त गर्ने,कर्मचारीको पदस्थापन तथा सरूवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होम स्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।

गण्डकी प्रदेशमा स्वास्थ्यतर्फ आवश्यक कर्मचारी लोक सेवा आयोगबाट नियुक्त हुने र केही आन्तरिक तवरबाट पदपूर्ति गरिने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button