पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा

पोखरा न्यूज – २६, पुष ।  आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाइटेड क्लबले शनिबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको सम्पर्ण तयारी पुरा भएको जनाएको हो ।

महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रबर्द्धनका लागी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमीसहित सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवकै आयोजना गरी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणका लागी पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर (२६ सय ८० रोपनी ) भु-भागमा हाल चिडियाखाना निर्माणको काम भइरहेको र उक्त स्थानमा क्लबको तर्फबाट हाल सम्म ५५ लाख रुपैया नगद प्रदान गरिसकेको र हाल केही स्थानियको विवादका कारण चिडियाखानाको काम रोकिएकाले आफुहरु निकै दु:खि बनेको समेत अध्यक्ष गुरुङले बताए । चिडियाखाना निर्माणको कामलाई निरन्तरता दिनका लागी आफुहरुले समेत पहलकदमी थालिरहेको र छिट्टै नै त्यसको समाधान हुने र चिडियाखाना निर्माणले तीब्रता पाउने उनको भनाइ रहेको थियो ।

चिडियाखाना निर्माण क्षेत्रमा वन्यजन्तु उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण, मृगस्थली , बाघ राख्ने खोर,सिडी बाटो निमार्ण सम्पन्न भईसकेको वताउदै अध्यक्ष गुरुङले उक्त क्षेत्रमा भालुको खोर, बाँदरको खोर निमार्ण क्रममै रहेको समेत बताए । चिडियाखाना निमार्णको लागी गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निमार्ण कार्य अनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाइटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला बन कार्यालय,कास्कीबाट २४ लाख गरी १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको समेत गुरुङले बताए ।

युनाइटेड क्लबले महोत्सवकै आयोजनाबाट सेती नदी संरक्षणलाई अभियानकै रुपमा अगाडि बढाउदै महोत्सव प्रवेश टिकटबाट प्रति टिकट एक रुपैया छुटाइने बताउदै क्लबले विपद व्यवस्थापनका लागी समेत अक्षय कोष स्थापना गरि अगाडि बढेको गुरुङको भनाइ रहेको थियो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवमा २ सय ५६ वटा स्टल रहनेछन । महोत्सवले देशको कला, संस्कृति, भेष-भुषाको संरक्षण संगै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने लक्ष्य लिइएको छभने गण्डकी प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउदै सम्पूर्ण कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्य लिइएको छ । आथिक चलायमान गराई रोजगार सृजना गरी क्षेत्रगत विकासमा टेवा पुर्याई भ्रमण वर्ष २०२० लाई सफल बनाउने महोत्सवको उद्देश्य रहेको छ ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने विधालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु बद्री पंगेनी , प्रजापति पराजुली,, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा , कोमल वली, ,राम्जी खंड, मिलन लामा,कृष्ण गुरुङ , प्रिती आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ , प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जिवन दाहाल सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका ब्याण्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एण्ड बाजा गाजा व्याण्ड, मन्त्र ब्याण्ड, सविन राइ एण्ड फारोह ब्याण्ड, अर्को मुखर्जी एण्ड द कलेक्टिभ ब्याण्ड, लाहुरे, भीटेन, मेलिना राई, शनिश श्रेष्ठ, अनुप्रस्था र लोकल ब्याण्डहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

गायन संगै महोत्सवमा हांस्यब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृती झल्किने लोक नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, शैक्षिक जगरण सम्बन्धि डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको ब्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगिता समेत हुने श्रेष्ठले वताए । महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाईको ब्यवस्था, अग्नि, चट्या∙, भुकम्प, हुरीबतास, हुलदा बिमा को व्यवस्था, बाल उद्यान दुर्घटना विमा, प्रथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था संगै पार्किङको उचित ब्यवस्था रहने छ । महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, पत्रकार ,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराईनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकिय स्थलको बारेमा जानकारी दिने स्टललाई निःशुल्क प्रदान गरिनेछ भने कृषि तथा हस्तकला का स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उकृष्ट उत्पादन रारा तयारी चाउचाउ, प्रायोजकहरुमा लुम्विनी विकास बैँक लि., योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, स्काई लिड्ढ टेक्नोलोजि , अन्नपूर्ण प्याराग्लाइडिङ, न्यू प्यारा वल्र्ड प्याराग्लाइडिङ प्रा. लि., आईएमई पे सिद्धिमणी एक्स्प्रेस अमरसिंहचोक, अन्ना एण्ड सोफिया कन्स्टक्सन प्रा.लि., रिलाएबल लाइफ ईन्सुरेन्स कम्पनि लि., अफिसियल पानीमा लेखनाथ फुड एण्ड बेभरेज प्रा.ली को लेकसिटी पानी, प्रर्वद्धनमा नेपाल पर्यटन बोर्ड , सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि.,जिल्ला समन्वय समिति कास्की, विशेष सहयोगीमा पोखरा महानगरपालिका, अफिसियल बैँकमा ग्रिन डेभलपमेन्ट बैँक लि., अफिसियल ईन्सुरेन्समा सिद्धार्थ इन्सुरेन्स लि., अफिसियल इन्टरनेटमा वल्र्ड लिङ,लगायत रहेका छन्, त्यसै गरी मिडिया पार्टनरहरुमा एविसि टेलिभिजन, गण्डकी टेलिभिजन, फेवा टेलिभिजन, अन्नपूर्ण एफ.एम र समाधान राष्ट्रिय दैनिक रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button