पोखरामा अभिनय कार्यशाला शुरु

राजाराम पौडेल,पोखरा न्यूज – २६, पुष । पोखरामा अभिनय कार्यशाला शुरु भएको छ ।

कार्यशालामा २२ जना रंग क्षेत्रमा अगाडी बढ्न खोज्ने युवाको सहभागी बनेका छन् । जसमा युवाको संख्या १९ र युवतिको संख्या ३ रहेको छ ।  रंगक्षेत्रमा काम गरिसकेका तथा रंगक्षेत्रमा काम गर्ने हुटुहुटी बोकेकाहरुको यो मिश्रण भएकोले भविष्यमा नाट्य क्षेत्रलाई उचाइमा पुर्याउन उनीहरुको सिकाई महत्वपुर्ण बन्नेछ ।

उनीहरु हरेक बिहान ७ बजे ग्रैहापाटनमा रहेको पोखरा थिएटरमा जम्मा हुन्छन् । उनीहरुमा निखारता प्रदान गर्न सहजिकरण गरिरहेका छन् । रंगकर्मी अनुप बराल अनि दिया मास्केले ।

‘मास्र्टस क्लास विथ अनुप बराल’ अभिनय कार्यशाला तीन महिना अवधिको हुनेछ । पोखराबाट आफ्नो रंगमञ्चको यात्रा अगाडी बढाएका उनले आफ्नो जन्मस्थलमै कलाकारितामा क्षेत्रमा अगाडी बढ्नेहरुको लागि सहजता प्रदान गर्न कार्यशाला गरिएको हो ।

भारतको नेसनल स्कुल अफ ड्रामा बाट अध्ययन गरी आफुमा निखारता थपेका अनुपले एक्टर्स स्टुडियो मार्फत काठमाण्डौमा आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका थिए । पोखरामा कार्यशाला हुँदा उनीसँग अभिनय सिक्ने रहर भएकाहरुको काठमाण्डौ जानुपर्ने बाध्यता पनि हटेको छ ।

यो एक्टर्स स्टुडियो नेपालले काठमाण्डौमानै गर्दै आएको तीन महिना कार्यशालानै हो । तीन महिना अवधिभर कार्यशालामा सहभागी हुनेहरुलाई सहजिकरण गर्न अनुप आफै खटिने भएको कारण पनि सहभागी उत्साहित छन् ।

नयाँ जानकारी पाउँदै आफुमा निखारता आउने भएकोले कार्यशालामा सहभागी बनेको पोखरेली रंगकर्मी रमेश तिमिल्सेनाले बताए । सञ्चारकर्मी समेत रहेका प्रभु अधिकारी पनि कार्यशालामा सहभागी बन्न पाएकोमा खुशी छन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button