कोरियामा एक नेपालीद्वारा आत्महत्या

पोखरा न्यूज – २७, पुष । दक्षिण कोरियामा रोजगारीका लागि पुगेका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् ।

दक्षिण पश्चिमी कोरियाको होनाम प्रान्तस्थित झोल्लाबोक्दो क्षेत्रमा बङ्गुर फार्ममा काम गर्ने विवेक राईले कम्पनी भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । राईको घर नेपालको पाँचथर रहेको जनाइएको छ । उनी साढे दुई वर्ष अघिदेखि त्यहाँ कार्यारत रहेको जनाइएको छ ।

घटनाका बारेमा विस्तृत जानकारी नआइसकेको र आत्महत्याको कारण बारे छानबिन भइरहेको पनि बताइएको छ । मृतक रोजगारी गर्ने झोल्लाबोक्दो क्षेत्र राजधानी सिओल २०३ किलोमिटरको दुरीमा पर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button