पोखराको सभागृहमा रन शुजको डिलर

पोखरा न्यूज – २७, पुष । नेपालमै उत्पादित रन शुजको नयाँ शो रुम पोखरामा खुलेको छ । गण्डकी र धौलागिरीको आधिकारिक विक्रेताको रुपमा देवगंगा शुज सेन्टर पोखराको सभागृहचोकमा शुरु भएको हो । रन शुजको शो रुम आइतबार गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री विकास लम्सालले उद्घाटन गरे ।

शो रुमको उद्घाटन गर्दै मन्त्री लम्सालले नेपाली उत्पादनलाई बढावा दिने गण्डकी प्रदेश सरकारको नीति रहेको बताए । ‘नेपाली उत्पादनबाटै नेपाल आत्मनिर्भर हुनुपर्छ भन्ने सरकारको मान्यता हो । र, नेपाली उत्पादनलाई बढावा दिईरहँदा यसले नेपालमै रोजगारीको सृजना पनि गर्ने भएकोले हामी नीतिगत रुपमै यस्ता उत्पादनलाई प्रचार गर्न सहयोग गर्छौं।’ लम्सालले भने–‘हरेक सर्वसाधारणले पनि नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्न आवश्यक छ ।’

मन्त्री लम्सालले हरेक क्षेत्रमा नेपाली सामानको उत्पादन गर्न सके नेपाल आत्मनिर्भर बन्नुका साथै यहाँको पैसा विदेश जान कम हुने बताए । यसो हुँदा देशमा उद्यमशिलता, व्यापार, रोजगारीमा सकारात्मक प्रभाव पर्ने र राज्यको आम्दानी पनि बढ्ने उनले विश्वास दिलाए । गण्डकी प्रदेश सरकारले नेपाली उद्योग र तिनीहरुले गर्ने उत्पादनलाई अझै बढाउन आवश्यक पुर्वाधार बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै शो रुम उद्घाटनमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाली उत्पादनको रुपमा रन शुज राम्रो ब्राण्ड भएको प्रतिक्रिया दिए । उनले नेपाली उत्पादनलाई ग्राहकको विश्वास दिलाउनका लागि गुणस्तरमा ध्यान दिने आग्रह समेत गरे । हर्क लामिछाने र सुशिलकुमारी केसीको लगानीमा संचालनमा आएको शो रुममा रन शुजबाट उत्पादित हरेक प्रकारका जुत्ताहरु उपलब्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button