चार जिल्लाका सिडियाेकाे सरूवा

काठमाडौं । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ । त्यस्तै कारागार व्यवस्थापन विभागका निर्देशकको पनि सरुवा भएको छ ।आइतबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सरुवा गरेको हो ।जस

अनुसार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कारागार व्यवस्थापन विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहको प्रमुख जिल्ला अधिकारी कामुमा सरुवा गरिएको छ भने रौतहटका कामु प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतमा सरुवा भएको छ ।

यस्ता गृह मन्त्रालयकी उपसचिव रमा आचार्यलाई सोलुखुम्बुको प्रमुख जिलला अधिकारीको जिम्मेवारी दिई सोलुखुम्बुका प्रमख जिल्ला अधिकारी वेदनिधि खनाललाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button