नेपाल स्टारको पोखरा अडिसन मंगलबार हुने

राजाराम पौडेल, पोखरा न्यूज – २८, पुष । गायन प्रतिभाको खोजी गर्ने नेपाल स्टारको पोखरा अडिसन पौष २९ गते मंगलबार पोखरामा हुने भएको छ । बुटवल, धनगढी र सुर्खेतमा अडिसन भए पश्चात पोखरामा अडिसन हुन लागेको हो ।

अडिसनमा १६ वर्ष देखि ४५ वर्ष उमेर समूूहका हरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको अडिशनका लागि फारम वितरण भइरहेको छ । फाराम सहित अडिसनमा सहभागी बन्न उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ ।

फारम अनलाइनमार्फत अथवा अडिसन स्थलमै समेत भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक कि एडभरटाइजिङका निर्देश दिनेश पोखरेलले जनाए । पोखरा अडिसन मंगलबार बिहान ९ बजेबाट बाराहि माध्यामिक विद्यालय मालेपाटनमा हुनेछ ।

देशभरबाट गायन प्रतिभा छनौट गरी प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गरिएको एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल(शशी)ले बताए ।

पोखरा पश्चात चितवन,बर्दिवास र इटहरीमा अडिसन हुनेछ । सातै प्रदेशबाट गायन प्रतिभाको खोजी गर्ने उद्धेश्यले सातै प्रदेशमा अडिसन गर्न लागिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button