अमेरिका पनि इरान हवाईजहाज दुर्घटनाको जिम्मेवार !

पोखरा न्यूज – २८, पुष । अघिल्लो साता इरानको तेहरान नजिकै १ सय ७६ जनाको ज्यान जाने गरि भएको हवाई दुर्घटनाको जिम्मेवारी इरानसँगै अमेरिकाले पनि लिनु पर्ने घटनाको प्रभावितहरुले माग गरेका छन् ।

क्यानडाको फुड प्याकेजिङ कम्पनी म्यापल लिफ फुडका प्रमुख कार्यकारी माइकल म्याककेनले ट्विटमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै उक्त घटनाको मुख्य दोषी रहेको आरोप लगाएका हुन् । तेहरान विमानस्थलबाट उडेको केही क्षणमै विमानलाई भुलवश इरानले मिसाइल आक्रमण गरेर खसालेको थियो ।

विमान दुर्घटनामा ८२ इरानियन, ५७ क्यानेडियन, ११ युक्रेनियन, १० स्वीडिस, ४ अफगानी ३-३ जना ब्रिटिस र जर्मन यात्रु मारिएका थिए । अमेरिकाले रकेट आक्रमण गरेर आफ्ना वरिष्ठ सैन्य जनरल मारिएको बदलास्वरुप इराकमा अमेरिकी फौज बस्ने बेसमा रकेट हमला गरेको केही घण्टा मै विमान दुर्घटनाग्रस्त बनेको थियो । इरानले घटना भुलवश भएको भन्दै आफ्नो संलग्नता स्वीकार गरिसकेको छ भने इरानमा घटनाको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किदै गएको छ ।

म्याककेनले भने अमेरिकी राष्ट्रपतिको युद्धमोहका कारणले घटना भएको भन्दै आफू निकै कृद्ध भएको जनाएका छन् । उनले ट्वीटमा अमेरिकाले त्यस क्षेत्रमा अस्थीरता फैलाएको तथा अब अमेरिकी सेनालाई इराकसहित कहीँ पनि स्वागत नगरिने आरोप पनि लगाएका छन् ।

विना कुनै योजना र विचार गरिएको डरलाग्दो निर्णयले सयौँ क्यानेडियन प्रभावित भएको भन्दै मृतकलाई कोल्याटरल ड्यामेजको संज्ञा दिएका उनले ट्रम्पको निर्णयले अन्य सैयौं निर्दोषलाई मृत्युको मुखमा उभ्याएको पनि लेखेका छन् । घटनामा म्यापल लिफका एक कर्मचारीले आफ्नो श्रीमती र ११ वर्षीय छोरा गुमाएका थिए ।

केही क्षणमै व्यापक बनेको म्याककेनको ट्विटले हालसम्म ३१ हजार ५ सय लाइक पाएको छ ९ हजार भन्दा बढी रिट्वीट भइसकेको छ । ट्विटमा ३ हजार भन्दा बढी प्रतिक्रिया आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button