पोखरामा १ करोड ५० लाखको कन्दमुलको कारोवार !

दीननाथ बराल, पोखरा न्यूज – २८, पुष । गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्षको माघे संक्रान्तिको अवसरमा करिब १ करोड ५० लाख मुल्य बराबरको कन्दमुलको कारोवार हुने भएको छ ।

मकर संक्रान्तिको अवसरमा पोखरामा यस वर्ष करिब डेढ करोड मुल्य बराबरको तरुलसहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको कृषि उपज तथा बजार व्यवस्थापन समिति शान्तिवन बाटिका, पोखराका निमिक्त प्रमुख रूपा दाहालले बताइन्।  उनका अनुसार यस बर्ष नवलपरासीबाट धेरै तरुल आएको छ भने अधिकांश सखरखण्ड भने भारतबाटै आएको छ । नेपालका धेरै खेतवारी बाँझो भइ रहँदा पनि सखरखण्डमा यसपालि पोखराले भारतकै सखरखण्डमा निर्भर हुनु परेको उनले बताइन्।

भारतको सखरखण्ड ठुलो र देख्दै राम्रो हुने हुँदा  उपभोक्ताले स्वदेशी सखरखण्ड भन्दा भारतिय सखरखण्ड नै बढी मन पराउने गरेको एक व्यावसायी विश्वराम धोवीले बताए । केही व्यवसायीहरुले उपभोक्ताहरुको माग अनुसार पुष महिनाको मसान्तर मंगलबारसम्म पोखरामा विभिन्न जातको तरुल ल्याउने गरेको निमिक्त प्रमुख दाहालले बताइन्। नेपालका गोर्खा, तनहुँ  , पाल्पा लगायतका ठाउँबाट आउने गरेको सखरखण्ड यसपाली धेरै कम भएको उनले बताइन्।

पोखरामा भारतको १ गाडी सहित ४ गाडी कन्दमुल पोखरा भित्राएको एक व्यवसायी विश्वराम धोवीले बताए । सिमल तरुल एक गाडी पोखरा झारेका उनले मुस्किलले २/३ बोरा मात्र बिक्रि गर्न सफल भए । उनले ५५ देखि ६० रुपैयामा प्रति केजी तरुल बिक्रि गरेका थिए । त्यसै गरी उनले पन्जे तरुल प्रति केजी ७०, भैसे तरुल प्रति केजी ४५ देखि ५०, घर तरुल प्रति केजी ७० देखि ७५, सकरखण्ड प्रतिकेजी ५० देखि ६५ र वन तरुल प्रति केजी एक सय ६० मा बिक्रि गरेका छन्।

होससेल मुल्यमा लिएर बजार क्षेत्रमा करिब ४० देखि शत प्रतिशत मुनाफा हुने गरी कन्दमुल बिक्रि वितरण गरेको पाइन्छ । उनले भने “ सिमल जातको यो तरुल दुई दिन देखि पोखराको शान्ति वन वाटिकाको फलफुल तरकारी बजारमा राखेको खासै बिक्रि भएन अब यसलाई हामीले अन्य बजारमा लैजानु पर्छ अन्यथा दुई/तीन दिनमा सवै तरुल बिग्रिन सक्छ । ” मौसमी व्यापार गरी लाखौं आम्दानी गर्ने योजना बुनेका धोवीले माघे संक्रान्ति आउने एक/दुई दिन बाँकी  हुँदा नै कन्दमुल बिक्रि नभएकाले चिन्ता लाग्न लागेको जनाए ।

त्यस्तै पोखरामा कन्दमुल बिक्रि गरी एकै सिजनमा लाखौं आम्दानी गर्ने लक्ष्यका साथ धेरै जातको कन्दमुल बिक्रि गर्दै गरेका डम्बर बहादुर थापाले यस पाली पनि न्यूनतम एक लाख मुनाफा हुने गरी ४ लाख रुपैया लगानी गरी कन्दमुल खरितेर बिक्रि गर्दैछन्। गत बर्ष एक लाख कन्दमुल बिक्रिबाट मुनाफा आम्दानी गर्न सफल भएको बताएका केसीले यस बर्ष गत बर्षको तुलनामा बिक्रि कम हुने अनुमान गरेकाछन्।  यसैबिच, माघे संक्रान्तिको अवसरमा बुधबार पोखराको ढुंगे साँघुमा माघे जात्रा सहितको हार्ट बजार समेत लाग्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button