हालसम्म महायज्ञमा तोकेर शुल्क नमागेको पण्डित गौतमको दाबी

दीननाथ बराल, पोखरा न्यूज – २८, पुष । भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले हालसम्म साना ठुला गरी ३ सय बढी महायज्ञमा प्रमुख बाचकको रुपमा रहदा हालसम्म कुनै पनि संस्थासंग शुल्क तोकेर नमागेको बताएकाछन्।

सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै पण्डित गौतमले हालसम्म करिब ३ सयको हाराहारीमा महायज्ञको प्रमुख वाचकको रुपमा भुमिका निर्वाह गरे पनि आयोजक संस्थाले दिएको दक्षिणाको आधारमा ग्रहण गरेको बताएका हुन्।  केही महायज्ञमा प्रमुख वाचकले नै धेरै रकम माग गरी लिने गरेकाछन यसमा तपाँईले कति रकम लिनुु हुन्छ प्रति महायज्ञको प्रमुख वाचक हुदा भन्ने पत्रकारको प्रश्नमा उनले हालसम्म कुनै पनि महायज्ञ आयोजक समितिसंग आफ्नो शुल्क यति भनेर माग नगरेको बताए ।

उनले भने “ हामीसंग कथा अनुसारको झाँकी सहितको बागा जागा भएको एक सांस्कृतिक टोली रहेको छ, उनीहरुको निश्चित रकम दिनु पर्छ उनीहरुको रकम आयोजकले उनीहरुलाई चिक्त बुझ्ने गरी दिने गरेकाछन्। ” उनले एक सय ५० बढी सामुदायिक बिद्यालय, करिब ४० वटा कलेज, बाटो, मठ मन्दिर तथा अन्य सामाजिक कार्यका लागि एक सय १० वटा जसो स्थानमा महायज्ञ गरेकाछन्। विन्ध्यवासिनी मन्दिर, भद्रकालि मन्दिर, पार्दी मावि, लगायतका ठाउँमा महायज्ञले आर्थिक केही जोहो भएसंगै उनीहरु चम्किएको पण्डित गौतमले जनाए ।

उनले भने “ हाम्रो जस्तो गरिब मुलुकमा धेरै ठाउँमा आर्थिक समस्या रहेको छ, जेत तेन गरी आयोजना हुने यहायज्ञ पश्चात संकलित रकमा सरकारले पनि उतिनै रकम थप गर्न सके अझ राम्रो हुने थियो, यसो हुन नसक्दा एउटै स्थानमा एकै आयोजकले दुई÷तीन पटक सम्म महायज्ञ गर्ने गरेका छन्।”

नेपालमा हाल करिब एक सय जना महायज्ञको प्रमुख वाचकको रुपमा रहेको उनले बताए । केही प्रमुख वाचकहरुले आफ्नो पारिश्रमिक तोक्ने त केहीले महायज्ञलाई एजेन्टको रुपमा महायज्ञ समेत गाउर्दै आएकोे पण्डित गौतमले जनाए । उनले पोखराको सितापाइला ढुंगेसाँघु क्षेत्रमा करिब ४६ जनाको गुरुकुल आश्रम समेत संचालन गर्दै आएका छन्। समाजमा आफुले केही सकेको सहयोग गर्न समेत उनले आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button