हिमपहिरोमा परी कश्मीरमा ६७ को मृत्यु

पोखरा न्यूज – २९ , पुष ।  पाकिस्तान र भारत प्रशासित कश्मीरको भुभागहरुमा हिमपहिरोमा परी गत २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

पाकिस्तान प्रशासित कश्मीर र बलोचिस्तान क्षेत्रमा ५७ जनाको मृत्यु भएको हो भने भारत प्रशासित कश्मीरमा १० जनाको मृत्यु भएको जनाइएको छ ।

भारी हिमपात सँगै भएको वर्षाले पाकिस्तानको नीलम उपत्यकामा कैयौंको मृत्यु भएको र अझै पनि थुप्रै पहिरोमा फसिरहेको पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । बेपत्ता हुनेको सङ्ख्या पनि ठूलो भएको जनाउँदै अधिकारीहरुले मृतकको सङ्ख्या अझै धेरै हुने अनुमान गरेका छन् ।

यता भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पनि ५ सैनिक सहित १० जनाको मृत्यु भएको एक वरिष्ठ सैन्य अधिकारीले जनाएका छन् । भारी हिमपात र वर्षाले उद्धार कार्य कठिन भएको पनि उनले बताए ।

वर्ष भरी नै हिमपात हुने कश्मीरमा सन् २०१२ मा यस्तै हिमपातले एक पाकिस्तानी सैन्य बटालियनलाई नै बगाउँदा १ सय २४ सैनिक र ११ सर्वसाधारणको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button