गस्तीमा रहेका भारतीय सैनिक हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि . . .

एजेन्सी। नयाँ दिल्ली स् लगातार परेको हिउँमा चिप्लिएर लडेपछि भारतीय सेनाका एक जवान पाकिस्तानी भूमिमा पुगेका छन्। गत बुधबार भएको यो घटनामा चिप्लिएर आफ्नो भूमिमा छिरेका ती भारतीय सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका छन्। भारत प्रशासित जम्मु(कश्मीरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेनाका हवल्दार राजेन्द्र सिंह नेगी पहाडमा परेको बाक्लै हिउँमा चिप्लिएका थिए।

जनवरी ८ का दिन भएको यो घटनापछि राजेन्द्रकी श्रीमती राजेश्‍वरीलाई पति हराएको खबर उनी कार्यरत ब्यारेकबाट आएको थियो। तर केही दिनपछि पाकिस्तानी सीमाक्षेत्रमा गस्ती गर्ने क्रममा राजेन्द्र हिउँमा चिप्लिएर लडेपछि पाकिस्तानी भूमिमा प्रवेश गरेको खुलेको थियो। यो घटनापछि राजेन्द्रलाई फर्काउन भारतीय सेनाले कूटनीतिक प्रयास अघि बढाएको छ।

अम्बिवाला सैनिक कोलोनी देहरादुनमा बस्दै आएका राजेन्द्रका परिवारले उनलाई सुरक्षितरुपमा फिर्ता ल्याइदिन भारत सरकारसँग अपिल गरेका छन्। राजेन्द्रकी पत्नी राजेश्‍वरीले आफ्ना पतिको सकुशल फिर्तीका लागि पहल गरिदिन अपिल गरेकी हुन्। राजेन्द्र सन् २००२ मा भारतीय सेनामा भर्ती भएका थिए। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका उनलाई फर्काउन भएको पहलबारे भारतीय सरकारले केही बताएको छैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button