सुनको मुल्यमा गिरावट

पोखरा न्यूज – २९ , पुष । पुस महिनाको अन्तिम दिन आज (मङ्गलबार) सुनको मुल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिनको मुल्यमा ८ सय रुपैयाँले गिरावट आउँदै छापावाल सुन तोलाको ७४ हजारमा कारोबार भएको हो ।

मङ्गलबार सुनसँगै चाँदीको मुल्य पनि १० रुपैयाँले घट्दै तोलाको ८ सय ८० रुपैयाँँमा कारोबार भएको छ भने तेजाबी सुन तोलाको ७३ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो बुधबार अमेरिका- इरान तनाव चर्कदा अहिलेसम्मको सबै रेकर्ड तोड्दै ७६ हजार ५ सय सम्म पुगेको सुनको मुल्य तनाव सेलाउँदै जाँदा बिस्तारै घट्न थालेको छ । सुनको मुल्य हाललाई घटे पनि माघमा बिहेको सिजन फेरि शुरु भएर माग बढ्ने हुँदा फेरि वृद्धि हुने अनुमान गरिएको छ ।

पुसको सुरुवातमा तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन त्यस पछि भने लगातार महँगिदै ७६ हजार ५ सयको उच्चतम विन्दु छोएको थियो । चाँदीको मुल्यमा पनि पुसको पहिलो दिन देखि अन्तिम दिनसम्म आउँदा ३० रुपैयाँले वृद्धि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button