सुनको मूल्यमा वृद्धि

पोखरा न्यूज – ०१ ,माघ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७ सयले वृद्धि भएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सय  र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४ सय  तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७ सयमा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय  र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय  पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु ८ सय ८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button