आइसिसि अवार्ड समारोहमा कसको पोल्टामा गयो कुन अवार्ड ?

पोखरा न्यूज – ०१ ,माघ । आइसिसि अवार्ड समारोहमा बेन स्टोक्सले २०१९ को वर्ष क्रिकेट खेलाडी घोषित हुँदै सर गार्फिल्ड्स अवार्ड जितेका छन् ।

इङ्गल्याण्डको विश्वकप उपाधि र एसेजमा अस्ट्रेलियाविरुद्धको अविस्मरणीय जीतमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स सोही प्रदर्शनको बलमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड आफ्नो पोल्टामा पारेका हुन् ।

त्यस्तै अस्ट्रेलियाका तेज बलर प्याट कमिन्सले टेस्ट क्रिकेटर अफ द इयरको अवार्ड जिते । भारतका रोहित शर्मा वर्षका उत्कृष्ट एकदिवसीय खेलाडी घोषित हुँदा विराट कोहलीले स्पिरिट अफ क्रिकेट अवार्ड जिते ।

अन्य विधामा अस्ट्रेलियाका मार्नुस ल्याबुसेन वर्षका इमर्जिङ क्रिकेटर घोषित भए । त्यस्तै बङ्गलादेशविरुद्ध भारतका दीपक चहरले ७ रन खर्चंदै ६ विकेट लिएको प्रदर्शन टि ट्वान्टी पर्फर्मेन्स अफ द इएर घोषित भयो ।

रिचार्ड इलिङ्गवर्थ वर्षका उत्कृष्ट अम्पायर घोषित हुँदा स्कटल्याण्डका काइल कोएट्जर एसोसियट राष्ट्रका उत्कृष्ट खेलाडी बन्न सफल भए । आइसिसिले वर्षको एकदिवसीय र टेस्ट टोलीसमेत घोषणा गरेको छ ।

एकदिवसीय टोली : रोहित शर्मा, सेइ होप, विराट कोहली(कप्तान), बाबर आजम, केन विलियम्सन, जोस बट्लर, बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, कुलदीप यादव र मोहम्मद शामी ।

टेस्ट टोली : मायाङ्क अग्रवाल, टम लाथम, मार्नुस ल्याबिसेन, विराट कोहली(कप्तान), स्टिभ स्मिथ, बेन स्टोक्स, बिजे वाट्लिङ, प्याट कमिन्स, मिचेल स्टार्क, निल वाग्नर र नेथन लायन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button