सन्दीपको किफायती बलिङसँगै स्टार्सको सहज जीत

पोखरा न्यूज -०१,  माघ।  अस्ट्रेलियाको बिग ब्यास लिगमा सन्दीप लामिछानेसहित बलरहरुले शानदार प्रदर्शन गरेसँगै लिग लिडर मेलबर्न स्टार्सले पर्थ स्कर्चर्स माथि ८ विकेटको सहज जीत हात पारेको छ ।

खेलमा टस जितेर पर्थले पहिले ब्याटिङको निर्णय गर्यो । खराब ब्याटिङ गरेको पर्थ १३.५ ओभर मात्र खेल्दै सबै विकेट गुमाएर ८६ रनमै सीमित हुन पुग्यो । उसका लागि जोनी इङ्लिसले ३७ रन बनाउनु बाहेक अन्य कसैले उल्लेख्य योगदान दिन सकेनन् ।

पर्थको इनिङमा इङ्लिस बाहेक क्यामरुन ब्र्याङ्कफ्टको १० रन नै सर्वाधिक रह्यो । बलिङ तर्फ स्टार्सका ज्याक्सन कोलम्यानले ३ ओभरमा १६ रन खर्चंदै ३ विकेट लिँदा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ३ ओभरमा ७ रन मात्र खर्चेर २ विकेट लिए ।

प्रतिउत्तरमा ८७ रनको झिनो लक्ष्य मेलबर्न स्टार्सले कुनै कठिनाई विना १२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । स्टार्सका लागि ओपनर मार्कुस स्टोइनसले रन ३९(३१) बनाउँदा अर्का ओपनर हिल्टन कार्टराइटले १९(२५) रनको योगदान दिए ।

मेलबर्नको जीतसँगै १० खेलबाट १८ अङ्क भएको छ र अङ्कतालिकाको शीर्षस्थानमा कायम छ । हारेको पर्थ स्कर्चर्स १० खेलबाट १० अङ्क जोडेर तेस्रो स्थानमा कायम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button