पोखरामा ५ वटा स्कुटर चोरीमा संलग्न १७ वर्षीय किशोर पक्राउ

दीननाथ बराल, पोखरा न्यूज -०१, माघ।  पोखरामा १७ वर्षका एक किशोर स्कुटर चोरीमा सक्रिय भएको तीन हप्तामै प्रहरीले उनलाई पक्राउ गरेको छ । पोखराका ती किशोर कक्षा सातमा अध्ययनकै क्रममा पढाई छाडेर स्कुटर चोर्ने थालेसँगै प्रहरीले उनीलाई आफ्नो नियन्त्रणमा लिएको हो ।

विगत तीन हप्ता देखि पोखरा क्षेत्रमा स्कुटर चोरी अभियानमा लागेका उनले ५ वटा स्कुटर चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उनले पुरानो २-३ वटा चावी लिएर पार्किङ गरेका कुनै पनि स्कुटरमा चावी चेक गर्दै हिड्ने क्रममा स्टाट भएमा स्कुटर चोरी गर्दै हिड्ने गरेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. राजकुमार केसीले बताए ।

स्कुटर चोरी गर्दै जम्मा पारे पछी स्कुटर बिक्रि गर्नको लागि विभिन्न ठाउँमा जाने क्रममा गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले २ वटा स्कुटर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । स्कुटर चोरी गर्ने पोखरा ७ बस्ने २३ बर्षका सुवास बिक, पोखरा ३१ का २४ बर्षीय मिलन बिक र पोखरा ३२ का २५ बर्षीय पेम्पा घिसिङ रहेको डि.एस.पी. केसीले जनाए ।

पुष महिनामा कारवाहीमा परेका सवारी साधनबाट ४९ लाख ९१ हजार राजश्व संकलन

त्यस्तै गत पुषमा कास्कीमा ६ हजार ३ सय १ वटा सवारी साधनहरु माथि कारवाही हुदा एकै महिनामा अन्य महिनाको तुलनामा धेरै ४९ लाख ९१ हजार रुपैया राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । साउन देखि पुषसम्म कास्कीमा ३३ हजार ३ सय ५१ वटा सवारी साधन माथि कारवाही हुदा २ करोड ५७ लाख ७१ हजार ५ सय रुपैया राजश्व संकलन भएको डि.एस.पी.केसीले जनाए ।

कास्की लागु औधष प्रयोग कर्ता र यसको ओसार पोसार भित्र भित्रै भईरहेको कास्कीका प्रहरी प्रमुख दान बहादुर कार्कीले जनाए । उनका अनुसार पुषमा मात्र कास्कीमा लागु औषध सम्बन्धि कारोवार गर्ने ३५ जना पक्राउ परेका मध्य २४ जनालाई मुद्धा चलाईएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button