ब्यालेन्स नभएको चेक दिएर पक्राउ परेका १० जना पोखरामा सार्वजनिक

पोखरा न्यूज -०१, माघ। के तपाईले कसैलाई रकम दिदा चेक मार्फत  ब्यालेन्स(मौज्दात) नभएको चेक दिनु भएको छ । यदि त्यसो भए जति सक्दो छिटो खातामा  व्यालेन्स पुग्ने गरी रकम जम्मा गर्नुहोला अन्यथा चेक लिने  व्यक्तिले व्यालेन्स नपुगेको आधारमा प्रहरीमा उजुरी गरेको खण्डमा तपाई खतरामा पर्न सक्नु हुन्छ ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा  आफ्नो खातामा मौज्दात रकम नभएको चेक जानी जानी काटेर दिन नहुने  व्यवस्था रहेकोले जो कोहि  सजाएको भागेदार हुन सक्नेछन् ।   सोही व्यवस्था अन्तर्गत  कास्कीमा केही व्यक्तिहरु सजाएका भागिदार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय  कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार बैंकिङ कसूर (ब्यालेन्स(मौज्दात) नभएको चेक दिने) मा कास्कीमा ३२ वटा  मुद्धा परेकोमा हालसम्म १० जना पक्राउ परेका छन् ।  सो  मुद्धाका २२ जना अभियुक्त भने फरार रहेको प्रवक्ता  केसीले जनाए ।

दफा १५(१) ले सो कसूरमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैदको व्यबस्था गरेको हुदा यस्तो घटनामा  कानुनले उल्लेख गरेको कारवाही गर्न आफुहरु बाध्य हुने  प्रवक्ता केसीले बताए ।

बैंकिङ कसूर मुद्धामा कास्की प्रहरीले बिगो रकम २ करोड ४५ लाख ३२ हजार ५ सय रुपैया तोकेको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button