आज भूकम्प सुरक्षा दिवस, यस्ता छन् भूकम्पबाट बच्न सकिने १० उपाय

काठमाडाैं :  विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।

यसरी बच्न सकिन्छ भूकम्पबाट :

भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनि सम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् । भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनिसम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् ।

१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउनुहोस् ।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द गर्नुहोस् ।
३) हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् ।
७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलानुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर जानुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित स्थलतर्फ लाग्नुहोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button