‘द रक’ का पिताको निधन

पोखरा न्यूज -०२,  माघ । विश्व प्रसिद्ध रेस्लर तथा अभिनेता ड्वेन जोन्सन अर्थात ‘द रक’ का पिता रकी सोलम्यान जोन्सनको निधन भएको छ ।

७५ वर्षीय जोन्सनको मृत्युको कारण भने खुलाइएको छैन । आफै पनि एक जमानाका प्रसिद्ध रेस्लर रहेका जोन्सन डब्लुडब्लुईमा टोनी एट्लससँग मिलेर पहिलो विश्व ट्याग टिम च्याम्पियनसमेत बनेका थिए ।

जोन्सनकै प्रशिक्षणमा ‘द रक’ अर्थात ड्वेन जोन्सन एक सफल रेस्लर बन्न सफल भएका थिए । जन्मिँदा वेड डग्लस बोव्लस नाम पाएका रकी सन् १९६० को मध्यमा रेस्लिङ रिङमा प्रवेश गरेका थिए । उनले १९९० मा रेस्लिङ रिङबाट सन्यास लिएका थिए ।

पिताकै नामबाट ‘द रक’ उपनाम पाएका ड्वेन जोन्सन विश्वकै एक प्रसिद्ध अभिनेता तथा पुर्व रेस्लर पनि हुन् । उनले रेस्लरका रुपमा १० पटक विश्व च्याम्पियन, दुई पटक इन्टर कन्टिनेन्टल च्याम्पियन र ५ पटक ट्याग टिम च्याम्पियन बनिसकेका छन् । त्यस्तै अभिनेताका रुपमा उनको फास्ट एन्ड फ्युरियस सिरिज, जि आइ जो, जुमान्जी जस्ता चलचित्रहरु विश्वप्रसिद्ध छन् ।
Image : AP

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button