पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा २ विदेशीसहित २८ टोली सहभागी हुने

पोखरा न्यूज -०२, माघ । पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकले यहि माघ ६ देखि ११ गते सम्म पोखरा स्थित पुरानो टुँडीखेल मैदानमा आयोजनागर्ने “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को सम्पूर्ण तयारी पुरा भएको छ ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ । नवौं संस्करणमा दुई विदेशी टिम सहित काठमाण्डौं, विरगन्ज, हेटौढा, चितवन, वुटवल, कैलाली लगायत स्थानिय टिम गरी करिब २८ टिम भिड्ने अध्यक्ष दिलबहादुर गुरुङले बताएका छन । स्मरण रहोस् आठौं संस्करणको प्रतियोगीतामा ए.वि.सी., पोखराको टिम विजेता रहेको थियो ।

प्रतियोगितामा यस पटक बाट पुरुस्कार राशीमा १० हजार वृद्धी गरिएको अध्यक्ष गुरुङले बताएका छन । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उप विजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी यस वर्ष देखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व अन्तर्रा्ष्ट्रिय खेलाड तथा प्रशिक्षक खड्क बहादुर रानाभाटलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने बगर भाई खलकले जनाएको छ । पाका र यूवा पुस्ता बिच खेलाडीहरुको सम्वन्ध लाई विस्तार संगै खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाउन प्रतियोगिताले अहम भूमिका खेलेको अध्यक्ष गुरुङले बताए । उनले भने–“हामी भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगीताको माध्यमबाट विगतमा संगै खेलेका पूर्व खेलाडीहरुको विचको सम्वन्ध नविकरण होस भन्ने चाहन्छौ ।”

प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च लाग्ने र १७ लाख आम्दानी गरिने लक्ष्य रहेको संस्थाले जनाएको छ । स्व. रन्जित गुरुङका परिवार राजु गुरुङ्ग र विमला गुरुङ्ग, पदमराज गुरुङ्ग र सीता गुरुङ्ग, छोरी ज्वाइहरु मन्जु गुरुङ्ग र मेजर खुसीमान गुरुङ्ग (एम.भि.ओ) र जुली गुरुङ्ग थापा र राजु थापाले शंयूक्त रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन ।

यसै गरी प्रतियोगितालाई वगर भाइ खलक युकेले सह–प्रायोजन गर्ने भएको छ । वगर भाइ खलक युकेबाट प्रतियोगिताका लागि आकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुपरुपमा पठाउने छ । प्रतियोगितालाई सह–प्रायोजक हिमाअस एजुकेशन कन्सल्टेन्सी, मुग्लान रेष्टुरेन्ट एण्ड बार, हिमश्री फुड्स रहेका छन भने विशेष सहयोगीको रुपमा युवा तथा खेलकूद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकूद परिषद, एस.ओ. एस. ग्रुप, काठमाण्डौं, भेट्रान ग्रुप हङ्गकङ्ग, अखिल नेपाल फुटबल संघ, वगर भाखलक जापान, पर्यटन वोर्ड, पश्चिमाञ्चल खेलकूद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा महानगरपालिका वडा नं. १, गण्डकी ट्राउट फर्म रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button