वर्ष बित्न लाग्दा समेत पाएनन् पोखरा कपका उपविजेता र उत्कृष्ट खेलाडीले पुरस्कार

रोहितराज पराजुली  -०२, माघ । छैठो संस्करणको मनकामना केबुलकार पोखरा कप २०७५ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सकिएको ११ महिना बित्दा समेत उपविजेता र उत्कृष्ट खेलाडीले पाउनु पर्ने पुरस्कार हालसम्म पाएका छैन्न ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा १४ देखी २७ माघ ०७५ सम्म संचालन भएको प्रतियोगिताको उपाधी पाहुना टोली क्यामरुनको दाउफिन्स फेमिली क्लबले जितेको थियो भने विभागिय शसस्त्र प्रहरीको एपिएफ क्लव उपविजेता वनेको थियो । प्रतियोगिताको फाइनल २७ माघ ०७५ मा भएको थियो ।

प्रतियोगिताको उपाधि विजेताका लागि ७ लाख ५५ हजार र उपविजेताका लागि ४ लाख ५ हजार ५ सय ५५ रुपैया नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो । विजेता टिम तथा खेलाडीहरुलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएको ११ महिना पुरा हुदा समेत एपिएफले उपविजेता वापतको ४ लाख ५ हजार ५ सय ५५ रुपैया नगद मध्ये १ लाख ५ हजार हालसम्म पनि नपाएको हो । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको लागि यामाहाको मोटरसाइकल पुरस्कार राखिएको थियो भने उत्कृष्ट खेलाडी घोषित भएका एपीएफका गोलकीपर राजु नगरकोटीले समेत पाउनु पर्ने मोटरसाईकल समेत हालसम्म पाएका छैन्न । पुरस्कार सगै आयोजकले फ्लेक्स  प्रिन्ट, होटल, कामदार लगायतको रकम समेत तिर्न बाकी रहेको गुनासाहरु पोखरामा सुनीने गरेको छ ।

केही दिन अघि नगरकोटीले आफनो फेसबुकमा फिलिङ स्याड भन्दै  ‘०७५ सालमा सम्पन्न मनकामना केबुलकार पोखरा कप सकिएको ११ महिना वित्दा समेत उत्कृष्ट खेलाडी घोषित भएको आफुले बाइक नपाएको’ स्टाटस सामाजिकसंजाल  फेसबुकमा लेखेका थिए ।

 

नगरकोटीले आफनो टोलीले उपविजेता वापतको नगद र मोटरसाईकलको लागि साग अघि आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सम्पर्क गर्दा साग पछि पुरस्कार वापतको रकम र मोटरसाईकल उपलव्ध गराउने बचन दिएको र साग पछि आफुले सम्पर्क गर्ने बताएका थिए । साग सकिएपछि अध्यक्ष गुरुङलाई पटक पटक टोलीको व्यवस्थापनले फोन गर्दा फोन पनि नउठाएको र सम्पर्कमा पनि नआएको उनले बताए ।

साग अघि पटकपटक पुरस्कारको बारेमा कुरा गर्दा भै हाल्छ भने पनि हालसम्म नपाएको र आयोजक हाल सम्पर्कमा पनि नआएको उनको भनाइ छ । फुटबल भनेको हेल्दि र फेएर गेम हो यस्मा पुरस्कार पनि फेएर हुनुपर्ने भन्दै यस्ता साना साना कुराका कारण आयोजकको साख खस्कने उनको भनाई छ । यस्तो कुरामा उनिहरुले विचार पुर्याउनु  पर्ने उनको भनाई छ । खेलाडीले पाएको पुरस्कार समयमा पाउदा हैसला समेत जाग्ने र खेलमा राम्रो प्रर्दशन पनि हुने भन्दै उनले यस्ता कारण खेलाडीमा नैरास्यता आउने उमेत उनले बताए ।

यसो भन्छन् एन्फा कास्कीका अध्यक्ष

पुरस्कार वापतको नगद र मोटरसाइकल हालसम्म नदिएको सम्बन्धमा आयोजक एन्फा कास्कीका अध्यक्ष गुरुङलाई सम्पर्क गर्दा मोटरसाईकल लिन वोलाए पनि लिने मान्छे नआएको जवाफ दिए । उहाँहरुलाई बोलाउदा कहीले डिउटुमा छ कहिले के काम पर्यो भनेर नआएको र उनिहरुको कारण ढिलो भएको अध्यक्ष गुरुङकले बताए । कहिले मोटरसाइकल चाहिदैन त्यो वापतको पैसा दिनुस भनेका कारण पनि समस्या आएको उनको भनाइ थियो । अबको एक दुई दिनमा दिनुपर्ने नगद र मोटरसाईकल सम्वन्धीत खेलाडीलाई हस्तान्तरण गर्ने अध्यक्ष गुरुङले बताए ।

यसो भन्छन् आर्थिक संयोजक

प्रतियोगिताको लागि एन्फा कास्कीले उपाध्यक्ष जगत थापालाई आर्थिक उपसमितिको संयोजक बनाएको थियो । आम्दनी खर्चका बारेमा थापालाई सम्पुर्ण जानकारी हुनपर्ने हो तर उनि आफु अनभिज्ञ रहेको बताउछन् । थापाले भने म आर्थिक संयोजक हो आम्दानी हिसाब सबै म मार्फत हुनुपर्ने हो तर भएन । एक दुई साथिले मात्र आम्दानी खर्च मलाई बुझाए तर अध्यक्ष लगायत अन्यले काहा कती आम्दानी र खर्च गरे मलाई केही जानकारी भएन ।

प्रतियोगिता सम्पन्न भएको एक महिना भित्र म मार्फत भएको आम्दनी खर्च मैले अध्यक्षलाईै बुझाएको हो मेरो व्यक्तीगत ४ लाख १५ हजार खर्च भएको छ । मैले पटकपटक समितिको बैठकमा आम्दानी खर्च सार्वजनिक गरौ भने तर हालसम्म सुनुवाइ भएको छैन । यस वर्षको प्रतियोगिताको मिति नजिकिदै गर्दा  अघिल्लोको हिसाव-किताव सार्वजनिक नहुदा अन्योल सृजना भएको थापाको भनाई छ ।

यस वर्षको प्रतियोगिता १ देखी १० फागुनसम्म

अखिल नेपाल फुटबल संघले केही दिन अघि सार्वजनिक गरेको मोफसल प्रतियोगिता तालीकामा मनकामना पोखरा कपको लागि १ देखी १० फागुनसम्मको समय छुट्याएको छ । अघिल्लो ०७५ सालमा भएको प्रतियोगिताको हालसम्म आम्दानी खर्च समेत सार्वजनिक हुन सकेको छैन भने पुरस्कार सगै अन्यलाई धेरै रकम तिर्नु पर्ने भएकाले प्रतियोगितानै  हुने नहुनेमा आशंका समेत पैदा भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button