पोखरामा फेसन ‘शो’

राजाराम पौडेल,पोखरा न्यूज -०२, माघ । कार्यक्रम फेसन ‘शो’ । पौष महिनाको अन्तिम शुक्रबार । ढल्कदै गरेको चिसो साँझ । पोखराको नयाँबजार । उपस्थित दर्शकको प्रतिक्षा थियो सुन्दर मोडलहरुलाई हेर्ने ।

सुन्दर मोडलहरुलाई आर्कषक ड्रेसअपमा र्याम्पवाल्क मार्फत हेर्ने रहर बुनेकाहरु खुल्ला आकाशमुनी चिसो मौसमको प्रवाह नगरिकन कुरिरहेका थिए । केहि समयको प्रतिक्षा पछि शुरु भयो फेसन ‘शो’ । उद्घोषकद्धय सुरज थापा र इनिसा दुराले पहिलो सिक्वेन्सको लागि मोडलहरुलाई स्टेजमा बोलाएपछि माहोल ताँतीहाल्यो । दर्शकको संख्या बाँक्लो नभएपनि हुटिङ सुरु भइहाल्यो । दर्शकको साथका कारण मोडलहरुलाई पनि हौसिए ।

पोखराका १४ जना मोडलहरुले हिमाल, पहाड, तराई सहित विभिन्न जाजातीको भेषभुषामा आफुलाई सजाउदै र्याम्पवाल्क गरे । कल्चरल सिक्वेन्स मार्फत उनीहरुलाई आर्कषक बनाउन सघाएकी थिइन् जसु गुरुङले । जसुले स्टार स्टुडियो न्युरोड पोखरामा रहेका कल्चरल भेषभुषा उपलब्ध गराई मोडलहरुलाई सुन्दर बनाउन सघाइन् ।

१४ जना मोडललाई फरक–फरक ड्रेसअपमा देख्दा दर्शक उत्साहित मात्र थिएनन् । उनीहरुको पहिरनमा आफ्नो अपनत्व समेत महशुस गरे । र्याम्प वाल्कमा देखिने मोडलमा श्रेया महर्जन, सनम गर्बुजा, सन्ध्या गुरुङ, सोनु खत्री, रजिना सुवेदी, उषा पुन, सिम्रन क्षेत्री, सानिया पुन, मोनिला नेपाली, रोश्नी ढकाल, सुस्मिता गौचन, साधना शर्मा, स्मिता सुनार, स्मृति सेन्चुरी थिए ।

दोस्रो सिक्वेन्स इभिनिङ गाउनको थियो । इभिनिङ गाउनमा उनीहरुलाई सून्दर देखाउन डिजाइनर सृजना श्रेष्ठले मेहनत गरेकी थिइन् । मोडलहरु इभिनिङ गाउनमा ‘हट’ देखिए । उनीहरुले दर्शकको ध्यान आफुतर्फ खिचिरहे ।

कार्यक्रमको आयोजना पोखरा उद्योग वाणिज्य संघले गरेको थियो । एसटि क्रियशनको व्यस्थापनमा भएको फेसन शो मा सुस्मिता पुन मगरको कोरियोग्राफि थियो । कार्यक्रमको थप आर्कषणमा गायक सन्तोष बस्यालको गायन प्रस्तुती र बिजि डान्सको नृत्य रह्यो । उनीहरुको प्रस्तुतीमा दर्शकले नाँचेर साथ दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button