बजाजको सर्भिस सेन्टरमा आगलागी, क्षतिको विवरण आउन बाँकी

पोखरा न्यूज -०३, माघ ।  ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिस सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ ।

विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति नभएको भए पनि मर्मतका लागि ल्याइएका १०० मोटरसाइकलमध्ये अधिकांश आगोबाट क्षति भएका छन् भने मोटरसाइकलका पार्टपूर्जा नोक्सान भएका कम्पनीका महाप्रबन्धक यागेन गुरुङले जानकारी दिए । आगलागीबाट क्षतिको प्रतिवेदन (विवरण) तयार गर्नका लागि प्रहरीले मुचुल्का लिने कार्य जारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button