मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

पोखरा न्यूज -०३, माघ । अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको अविरल वर्षात्ले यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चार किलोडाडाँमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन लामाले जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button