इरानको मिसाइल हमलामा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा

पोखरा न्यूज -०३, माघ । अघिल्लो साता इरानले इराकस्थित अमेरिकी सेना बसेको अल असद बेसक्याम्पमा गरेको मिसाइल आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा भएको छ ।

यसअघि पेन्टागनले हमलामा आफ्नो पक्षमा कुनै हताहती नभएको बताएको थियो । इरानले आफ्ना सैन्य जनरल कासिम सुलेमानीको हत्याको बदलास्वरुप अल असद हवाई बेसमा १६ मिसाइल प्रहार गरेको थियो । घटनामा घाइते भएका सैनिकहरुलाई उपचारका लागि कुवेतको अस्पताल तथा जर्मनीस्थित ल्यान्डस्टुल रिजनल मेडिकल सेन्टर लगिएको पनि जनाइएको छ । मुख्यरुपमा सैनिकहरुलाई मानसिक रुपमा पुरेको आघातको उपचारका लागि पठाइएको सैनिकले बिहिबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

अमेरिका र इरानबीच बढ्दो तनाव यसै हमला पछि बिस्तारै सेलाउँदै गएको थियो । कैयौं सुरक्षा सम्बद्ध अमेरिकी अधिकारीहरुले इरानले जानाजान कम सैन्य उपस्थिति भएको क्षेत्रमा हमला गराएको समेत बताएका थिए भने कतिले इरानले हमलामार्फत चेतावनी मात्रै दिन चाहेको पनि बताएका थिए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने इरानी आक्रमण अमेरिकी सेना मार्नकै लागि गरिएको आरोप लगाएका थिए ।

हमलाको केही घण्टा पछि नै इरानले आफ्नो आकाशमा एक यात्रुवाहक विमानलाई रकेट प्रहार गरेर खसाल्दा १ सय ७६ निर्दोष यात्रुको मृत्यु भए पछि दुवै पक्ष आक्रमण – प्रत्याक्रमणको शृङ्खलाबाट धेरै हदसम्म पछि हटेको मान्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button