पोखरा न्यूज – ०३, माघ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका तीन नेपाली महिलाको सनाखत भएको छ ।
युएईस्थित नेपाली दूतावासले जनाए अनुसार मृत्यु हुनेहरुमा बाराकी अमिसा मोक्तान तामाङ (राहदानी नम्बर ९६७८४७५), झापाकी कृष्णकुमारी अधिकारी ( राहदानी नम्बर ८५७२३९४) र प्युठानकी भावना कुँवर ( राहदानी नम्बर ७२०१८१९) रहेका छन् । घटनामा ६ जनाको मृत्यु भएको थियो भने अन्य १९ जना घाइते भएका थिए ।
अल राहा बिच नजिकै भएको घटना मृत्यु हुनेमा एक श्रीलंकन महिला र एक पाकिस्तानी पुरुष ड्राइभर रहेको जनाइएको छ । घाइते हुने १९ मध्ये १६ जना नेपाली रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अबुधाबी प्रहरीले जारी गरेको भिडियोमा दुर्घटना एक कारले व्यस्त सडकमा अचानक ब्रेक लगाएर लेन परिवर्तन गर्ने क्रममा भएको देखाएको छ ।
कार अचानक रोकिँदा पछाडिका दुई लरी पनि रोकिएका थिए तर पछाडिबाट तीव्र गतिमा आएको बस भने लरीको पछिल्लो भागमा ठोक्किन पुगेको थियो । घाइतेहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।