लमजुङ-मनाङ जोड्ने सडकखण्ड अवरुद्ध

पोखरा न्यूज – ०३, माघ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । बिहीबारबाट निरन्तर परेको वर्षाले आज बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो

यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासों गाउँपालिकास्थित सिरन तालमा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौलीका सवइन्जिनीयर सुमन अधिकारीले बताए ।

सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएपछि सडक डिभिजन कार्यालयको ‘जेसिभी’ ले सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा पहिरो गएकाले समस्या भइरहेको उनको भनाइ छ ।

अवरुद्ध सडक खुलाउँदै गरेपनि फेरि पुनः ढुङ्गा माटो झरिरहेकाले भोलिसम्म नै सडक अवरुद्ध हुन सक्ने उहाँले बताउनुभयो । यस सडक अवरुद्ध हुँदा यात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकहरु मर्कामा परेका छन् । निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको बताइएको छ ।

विदेशी पर्यटकहरु जोखिम मोलेर पहिरो माथिबाटै हिँडडुल गरिरहेका छन् । यस सडकखण्डमा यसअघि समेत पटकपटक सडक अवरुद्ध भएको थियो । बेँसीशहर–चामे सडक ६५ किलोमिटर लामो दूरी रहेको छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button