देशले समृद्धिको यात्रा थालिसक्यो : सांसद अधिकारी

पोखरा न्यूज – ०३, माघ । संघीय सांसद तथा पूर्व मन्त्री खगराज अधिकारीले देशले समृद्धिको यात्रा तय गरिसकेको जनाउदै समृद्धिको यात्रामा समाजका हरेक तह र तप्काका व्यक्तित्वहरुले समृद्धिको यात्रामा सहयोग गर्नुपर्ने बताएका छन् ।

कालिका समाज कास्कीको  प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अधिकारीले देशले समृद्धिको यात्रा थालिसकेकोले अब कत्ति पनि ढिला नगरी समाजका हरेक तह र तप्काका व्यक्तित्वहरुले सामाजिक गतिवधिसँगै  उत्पादनमा जोड दिनुपर्ने बताएका हुन्  । सामाजिक संघ संस्थाले समाजिक गतिवधिको साथै समृद्धिलाई प्राथमिकता दिनुनर्पे उनको भनाई थियो  । एकताले उर्जा  दिने भन्दै अधिकारीले संस्थामा आवद्ध सदस्यहरुलाई सहयोग गर्न स्वास्थ्य उपाचार कोष र समाजको आफ्नै भवन निर्माण गर्न  समेत सुझाव दिए।

अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसी सर्वसम्मत चयन भएका छन् । समाजको सदस्यमा वृहस्पति भण्डारी, गुरुप्रसाद त्रिपाठी, देवी केसी, रामकृष्ण अधिकारी, दिनेशबाबु खड्का, माधव बराल र प्रकाश पौडेल छन् ।

संस्थाका अध्यक्ष नरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ, संस्थाका सल्लाहकार होममणि भण्डारीले कालिकामा जन्मेर विभिन्न ठाउँमा बसोबास गर्दै आएकाहरुबीच समाजले भाइचारा वृद्धिमा सहयोग पुगेको बताए ।

सचिव शुक्रराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य देवी केसीले गरेकी थिइन् भने अधिवेशनले अध्यक्ष नरेश पौडेल र कोषाध्यक्ष सूर्य जिसीको छुट्टाछुट्टै प्रतिवेदन पारित गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button