गायिका आस्था राउतमाथि छानविन सुरू, प्रहरीकहाँ उपस्थित नभए पक्राउ गर्ने तयारी

काठमाडाैं : गायिका आस्था राउतमाथि प्रहरीले छानबिन सुरु गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन्।

राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताइन्।

 श्रेष्ठले घटनाको भिडियो फुटेजसहितका विवरण प्रहरीकहाँ बुझाएकी छन। उनले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने जानकारी दिइन्। यदि उनी नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिइन।

तर राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ। झापा हुँदै दार्जि्लिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन्। आस्थाले तल्लोस्तरमा झरेर सिंगो संगठनलाई नै गाली गरेपछि उक्त विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button