विश्व कीर्तिमानी खगेन्द्रको पोखरामा शव यात्रासहित अन्त्येष्टि गरिने

पोखरा न्यूज – ०४, माघ ।  विश्वकै होँचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको  पार्थिव शरीरलाई शनिबार  बिहान  अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि शव यात्रासहित अन्त्येष्टि गरिने गरिने भएको छ ।

शनिबार पोखरामा शव यात्रासहित खगेन्द्रको अन्तिम दाहसंस्कार गरिने भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले पोखरा न्युजलाई बताए । उनका अनुसार बिहान करिब ११ः०० बजे मणिपाल शिक्षण अस्पतालबाट नदीपुर, महेन्द्रपुल नयाँबजार हुदै रामघाटमा पुगेर खगेन्द्रकोअन्तिम दाहसस्कार गरिने भएको छ ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार पोखराको मणिपाल अस्पताल  सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएका खगेन्द्रको शुक्रवार दिउसो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

गण्डकी प्रदेश सरकारले  खगेन्द्रको निधनप्रति शोक व्यक्त गरेको छ । विश्व कीर्तिमान कायम गरेका मगरको निधनको खवरले आफुहरुलाई अत्यन्त दुःखी वनाएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङद्धारा हस्ताक्षरित शोक वक्त्तव्यमा
उल्लेख गरिएको छ ।

“विश्व कीर्तिमान कायम गरेर गण्डकी प्रदेशको मात्र नभई सिङ्गो राष्ट्रको नाम विश्वका सामु चिनाउन सफल खगेन्द्र थापा मगरप्रति यस दुःखको क्षणमा गण्डकी प्रदेश सरकारको तर्फवाट उच्च सम्मान समेत प्रकट गर्दछौ” , मुख्यमन्त्री गुरुङले
जारी गरेको शोक वक्त्तव्यमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं.१, धुल्लुवास्कोटमा आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरको पहिलो सन्तानका रुपमा २०४९ साल असोज १८ गते जन्मेका खगेन्द्र थापा मगरले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button